बुधबार, चैत्र ११, २०८२
Wednesday, March 25, 2026
बुधबार, चैत्र ११, २०८२
Wednesday, March 25, 2026

पूर्णेश्वर भूपू विद्यार्थी समाजद्वारा अन्तरमावि हाजिरीजवाफ प्रतियोगिता आयोजना १५ विद्यालय सहभागी, नमूना आमावि प्रथम

गते

पर्वत जिल्लाको जेठो भूतपूर्व विद्यार्थीहरुको साझा संस्था पूर्णेश्वर भूतपूर्व विद्यार्थी समाजले अन्तर मावि हाजिरीजवाफ प्रतियोगिता सम्पन्न गरेको छ ।
पूर्णेश्वर माविको ६५औं वार्षिकोत्सवको अवसरमा माघ १२ गते पूर्णेश्वर मावि वितलवमा आयोजित कुश्मा नगरपालिकास्तरीय हाजिरीजवाफ प्रतियोगितामा १५ माध्यमिक विद्यालयहरुको सहभागिता रहेको थियो ।
प्रतियोगितामा नमुना आवासीय मावि कुश्मा प्रथम, आदर्श अंग्रेजी आवासीय मावि कुश्मा द्वितीय, आइवल एकेडेमी कटुवाचौपारीे तृतीय र जनता सुदर्शन मावि ठुलीपोखरीले सान्त्वना स्थान प्राप्त गरेका छन् ।
संस्थाले दिएको जानकारी अनुुसार प्रथम स्थान प्राप्त गर्नेलाई नगद दश हजार रुपैंया, द्वितीय स्थान प्राप्त गर्नेलाई नगद सात हजार रुपैंया, तृतीय स्थान प्राप्त गर्नेलाई नगद पाँचहजार रुपैंया, सान्त्वना स्थान प्राप्त गर्नेलाई नगद तीनहजार रुपैंया र प्रमाण पत्र उपलब्ध गराइएको थियो भने काफलचौर मावि दुर्लुङलाई प्रोत्साहनस्वरुप नगद एकजार पाँचसय रुपैंया उपब्ध गराइएको थियो । साथै संस्थाले सहभागी भएका सबै विद्यालयलाई सहभागिताको प्रमाण पत्र समेत उपलब्ध गराएको जनाएको छ ।
यस अघि समाजका समाजका अध्यक्ष राजु पौडेलको अध्यक्षतामा सम्पन्न उद्घाटन सत्रको प्रमुख अतिथि तथा कुश्मा नगरपालिका वडा नं. १० का अध्यक्ष रामचन्द्र सुवेदीले व्यानर पढेर उद्घाटन गर्नुभएको थियो ।
कार्यक्रममा वडा अध्यक्ष रामचन्द्र सुवेदी, समाजका अध्यक्ष राजु पौडेल, निवर्तमान वडा अध्यक्ष सुजन विक लगायतले मन्तव्य राख्नुभएको थियो । विद्यालयका प्रधानाध्यापक नारायणप्रसाद अर्याल स्वागत गर्नुभएको उक्त कार्यक्रमको समाजका सचिव सन्तोष पौडेले संचालन गर्नुभएको थियो ।

oplus_2

उक्त हाजिरीजवाफ प्रतियोगिता छनौट चरण, जनरल राउण्ड, अडियो भिडियो राउण्ड र र्यापिट फायर राउण्डमा संचालन गरिएको समाजका सहसचिव दामोदर पौडेलले जानकारी दिनुभयो ।

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
Black Friday 2022
spot_img

ताजा खबर

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img