मङ्लबार, साउन १२, २०८३
Tuesday, July 28, 2026
मङ्लबार, साउन १२, २०८३
Tuesday, July 28, 2026

जनता सुदर्शन माबिमा पुरस्कार तथा छात्रवृत्ति वितरण सम्पन्न

गते

पर्वतको कुस्मा नगरपालिका १२ ठुलीपोखरीको सुदर्शन माध्यमिक विद्यालयमा आज एक समारोहका बीच पुरस्कार तथा छात्रवृत्ति वितरण समारोह सम्पन्न भएको छ।

उक्त कार्यक्रममा शैक्षिक सत्र २०८१ का शैक्षिक पुरस्कार अतिरिक्त क्रियाकलापको पुरस्कारहरू विभिन्न अक्षय कोषका पुरस्कार तथा छात्रवृत्ति वितरण गरिएको थियो । त्यसैगरी कुश्मा नगरपालिकाले आयोजना गरेको चौथो राष्ट्रपति रनिङशिल्ड प्रतियोगितामा सहभागी भई पदक प्राप्त गर्ने विद्यार्थीहरू र विद्यालयको विभिन्न विशेष जिम्मेवारीहरूमा रही कुशलतापूर्वक कार्यसम्पन्न गर्नुहुने शिक्षकहरु आनन्दप्रसाद शर्मा, सबिना शर्मा, विष्णुबहादुर बिक र निवर्तमान प्रअ मेघनाथ आचार्यलाई सम्मान गरिएको थियो।

उक्त कार्यक्रममा पूर्व विद्यार्थी रुद्रबहादुर केसी, भूतपूर्व विव्यस अध्यक्ष हेमराज सापकोटा, कुस्मा १२ का संस्थापक वडाध्यक्ष राजेन्द्र पौडेल, विद्यालयका प्रअ गोविन्दराज गौतम लगायतले मन्तव्य राख्नुभएको थियो।

नेपाल सरकारका उपसचिव तथा विद्यालयका पूर्व विद्यार्थी रामप्रसाद आचार्यको प्रमुख आतिथ्यता, निवर्तमान प्रअ मेघनाथ आचार्यको स्वागत र विद्यालय व्यवस्थापन समिति अध्यक्ष भीमनाथ कुँवरको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको सञ्चालन शिक्षकद्वय विष्णुबहादुर विक र विनोद सुवेदीले गर्नुभएको थियो।

उक्त कार्यक्रममा विद्यालयका विद्यार्थीहरूले विभिन्न सांस्कृतिक कार्यक्रमहरू समेत प्रस्तुत गर्नुभएको विद्यालयका शिक्षक दामोदर पौडेलले जानकारी दिनुभयो ।

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
Black Friday 2022
spot_img

ताजा खबर

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img