बुधबार, साउन १३, २०८३
Wednesday, July 29, 2026
बुधबार, साउन १३, २०८३
Wednesday, July 29, 2026

दुई दिने उद्घोषण तालिम सम्पन्न : विद्यार्थीमा आत्मविश्वास, अभिव्यक्ति क्षमता र नेतृत्व विकासमा टेवा

गते

कुश्मा, असार १३। विद्यार्थीमा प्रभावकारी बोल्ने कला, आत्मविश्वास, नेतृत्व क्षमता तथा सार्वजनिक प्रस्तुतीकरणको सीप विकास गर्ने उद्देश्यले कुश्मा नगरपालिका–१० को आयोजना तथा पूर्णेश्वर भूतपूर्व विद्यार्थी समाज र जनक माबि भूपू विद्यार्थी समाजको सहकार्यमा आयोजित दुई दिने उद्घोषण तालिम सफलतापूर्वक सम्पन्न भएको छ ।

Oplus_16908290

असार १२ र १३ गते सञ्चालन भएको उक्त तालिममा पूर्णेश्वर माध्यमिक विद्यालय, जनक माध्यमिक विद्यालय का माध्यमिक तह तथा स्काउटका गरी ८१ जना विद्यार्थी सहभागी भएका थिए ।

Oplus_16908290

तालिममा अनुभवी प्रशिक्षक रामजी प्रसाद लम्साल र जमुना वर्षा शर्माले उद्घोषण कला, प्रभावकारी सार्वजनिक वक्तृत्व, मञ्च सञ्चालन, आत्मविश्वास निर्माण तथा व्यवहारिक प्रस्तुतीकरणका विषयमा सैद्धान्तिकसँगै प्रयोगात्मक प्रशिक्षण दिएका थिए ।

Oplus_16908290

तालिमको समापन समारोह कुश्मा नगरपालिका–१० का वडा अध्यक्ष रामचन्द्र सुवेदीको अध्यक्षतामा सम्पन्न भएको थियो।

समापन समारोहमा बोल्दै वडा अध्यक्ष सुवेदीले विद्यार्थीको व्यक्तित्व विकासका लागि यस्ता सीपमूलक तालिम अत्यन्त आवश्यक रहेको उल्लेख गर्दै सिकेका ज्ञान र सीपलाई विद्यालय, समुदाय तथा भविष्यको नेतृत्वमा प्रयोग गर्न आग्रह गर्नुभयो ।

Oplus_16908290

प्रशिक्षक जमुना वर्षा शर्माले छोटो अवधिमै सहभागी विद्यार्थीमा आएको आत्मविश्वास, प्रस्तुतीकरण शैली र बोल्ने कलामा देखिएको सकारात्मक परिवर्तन उत्साहजनक रहेको बताउँदै निरन्तर अभ्यास नै सफल वक्तृत्वको आधार हुने धारणा राख्नुभयो ।

कार्यक्रममा सामाजिक ब्यक्तित्व राजु पौडेल, जनक माध्यमिक विद्यालयका शिक्षक भिमराज सापकोटा, पूर्णेश्वर भूतपूर्व विद्यार्थी समाजका अध्यक्ष सन्तोष पौडेल लगायतले विद्यार्थीको सर्वाङ्गीण विकासका लागि यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्नेमा जोड दिनुभएको थियो ।

सहभागीका तर्फबाट निर्जल नेपाली, रुबिना अधिकारी र रश्मी तिवारीले तालिमले आफूहरूमा बोल्ने डर हटेको, मञ्चमा आत्मविश्वासका साथ प्रस्तुत हुने क्षमता वृद्धि भएको तथा सञ्चार र नेतृत्व सीपमा उल्लेखनीय सुधार आएको अनुभव सुनाउँदै आयोजक तथा प्रशिक्षकप्रति आभार व्यक्त गर्नुभयो।

समापन कार्यक्रममा वडा समिति सदस्य फणीन्द्र पौडेल र बिन्दु जिसी थकाली लगायतको उपस्थिति रहेको थियो। पहिलो दिन भएको उद्घाटन कार्यक्रमको स्वागत मन्तव्य वडा सदस्य डम्मरु शर्मा लामिछानेले गर्नुभएको थियो भने सञ्चालन वडा सचिव नारायण लामिछानेले गर्नुभएको थियो।

आयोजकका अनुसार विद्यार्थीमा आत्मविश्वास, सिर्जनशील सोच, नेतृत्व क्षमता र प्रभावकारी सञ्चार सीप अभिवृद्धि गर्ने लक्ष्यसहित सञ्चालन गरिएको यो तालिमले सहभागीमा सकारात्मक परिवर्तन ल्याएको छ। स्थानीय वार्डको अगुवाई र भूतपूर्व विद्यार्थीहरूको सहकार्यमा सम्पन्न यस्ता कार्यक्रमले गुणस्तरीय शिक्षासँगै व्यवहारिक जीवनोपयोगी सीप विकासमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरिएको छ ।

Oplus_16908290
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
Black Friday 2022
spot_img

ताजा खबर

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img