बुधबार, चैत्र ११, २०८२
Wednesday, March 25, 2026
बुधबार, चैत्र ११, २०८२
Wednesday, March 25, 2026

कोरला नाका सञ्चालनका लागि पूर्वाधार निर्माण गर्न प्रधानमन्त्रीलाई अध्यक्ष तिमिल्सिनाको आग्रह

गते

पर्वत : राष्ट्रियसभा अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले मुस्ताङको काेरला नाका संचालनका लागि नेपालतर्फ भन्सार कार्यालय लगायत पूर्वाधार निर्माण गर्न प्रधानमन्त्री प्रचण्डलाई आग्रह गरेका छन् ।
अध्यक्ष तिमिल्सिनाले प्रधानमन्त्री पुस्पकमल दाहाल प्रचण्डसग आज सिंहदरवारमा भएको भेट्का क्रममा सो कुरा बताएका हुन् ।
अध्यक्ष तिमिल्सिनाले कोरला नाकामा चीनतर्फ पूर्वाधार निर्माण भएपनि नेपालतर्फ पूर्वाधार नबन्दा नाका सञ्चालनमा आउन नसकेको अबगत गरएका हुन् ।
उनले मुस्ताङको कोरला नाका संचालनका लागि आवश्यक बजेट व्यवस्थापन गरी पूर्वाधार निर्माण कार्य अगाडि बढाउन समेत आग्रह गरेका थिए ।
भेटका क्रममा उनले राष्ट्रिय सभामा रिक्त उपाध्यक्ष तथा रिक्त एक सदस्यको चुनावबारे समेत प्रधानमन्त्री प्रचण्डसग छलफल गरेका थिए ।
राष्ट्रिय सभामा गत फागुनदेखि उपाध्यक्ष पद खाली रहेको छ भने एमालेको तर्फबाट सदस्य रहनुभएका खिमलाल भट्टराईले राजिनामा दिएपछि लुम्बिनी प्रदेशबाट एक पद रिक्त रहेको छ।
साथै सिही क्रममा राष्ट्रिय सभाबाट पारित भएर प्रतिनिधि सभामा पेश भइ निष्क्रिय भएका पाँचवटा विधयेकलाई पुन: राष्ट्रिय सभामै दर्ता गरी अगाडि बढाउन अध्यक्ष तिमिल्सिनाले प्रधानमन्त्रीलाई आग्रह गरेका छन् ।
राष्ट्रिय सभामा उत्पति भइ लामो छलफलपछि पारित भएर प्रतिनिधि सभामा गएका विभिन्न पाँच विधयेक प्रतिनिधि सभाको कार्यकाल सकिएपछि निष्क्रिय भएका थिए।
यसैगरी निष्क्रिय भएका नेपाल मिडिया काउन्सिल विधेयक, नीति अनुसन्धान विधेयक, नेपाल विशेष सेवा विधेयक, नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, नेपाल हवाई सेवा प्राधिकरण विधेयक रहेका छन्।

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
Black Friday 2022
spot_img

ताजा खबर

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img