बुधबार, चैत्र ११, २०८२
Wednesday, March 25, 2026
बुधबार, चैत्र ११, २०८२
Wednesday, March 25, 2026

जिल्लाभित्र रहेका कोल्डरुमहरुमा समस्यै–समस्याः ‘निर्माणमा हानथाप, संचालनमा निस्क्रियता’

गते

पर्वत । जिल्लाभित्र निर्माण भएका कोडरुमहरु अपेक्षा गरेअनुसार कृषकका लागि उपयोगी हुन सकिरहेका छैनन् । निर्माणक्रममा चुस्त देखिएका स्टोरहरु अनेकन् समस्या झेलेर संचालनका क्रममा समस्याग्रस्तरुपमा चलिरहेका देखिन्छन् । फरक–फरक समयमा व्यक्ति विशेष तथा राज्यको विभिन्न तहबाट लाखौंलाख लगानी भइरहेका कोल्डरुमहरु सोचेअनुसार उपलब्धीमूलक हुन नसकेका हुन् ।
भौतिक संरचना निर्माण गर्न जति हतार, उत्साह र हानथाप हुने गर्दछ, सोही अनुसार बनिसकेपछिको व्यवस्थापकीय पक्षमा ध्यान दिन नसक्दा कोल्डरुमहरु अपेक्षाकृत संचालनमा समस्या आएको हो । केही अपवाद बाहेक धेरैजसो स्थानीय नेता तथा कृषकहरुले नै कोल्डरुम निर्माण गर्न राज्यशक्ति तथा नेताको पहुँच प्रयोग गर्ने तर भौतिक संरचना निर्माण पश्चात संचालनमा आएपछि निस्क्रियता देखाउने गरेका कारण पनि कोल्डरुमहरु सोचे अनुसार संचालन हुन नसकेका हुन् ।
त्यति मात्र नभएर कोल्डरुमका अरु समस्या पनि ज्यूँकात्यूँ छन् । दक्ष प्राविधिक तथा ज्ञानको अभाव, थ्रीफेस विद्युतीय लाइनको अभाव, कोल्ड रुम बनिसकेपछि सहुलितय विद्युत उपलब्ध गराउने नीतिको अभाव लगायतका पक्षमा राज्यबाट यथोचित व्यवस्थापन हुन सकिरहेको देखिँदैन । जसका कारण कोल्डरुमहरु थप संकट झेल्न बाध्य हुनु परेको छ ।

‘हामी जसरी कोल्ड रुम बनाउन बजेटको लागि खट्छौंं, भनसुन गर्छौं, सोही अनुसार संचालनमा समेत यथोचित ध्यान नदिँदा कोल्डरुमले अपेक्षित लाभ दिन नसकेका हुन् ।’ कृषि ज्ञान केन्द्र, पर्वतका प्रमुख मनिता थापाले भनिन् ।

‘हामी जसरी कोल्ड रुम बनाउन बजेटको लागि खट्छौंं, भनसुन गर्छौं, सोही अनुसार संचालनमा समेत यथोचित ध्यान नदिँदा कोल्डरुमले अपेक्षित लाभ दिन नसकेका हुन् ।’ कृषि ज्ञान केन्द्र, पर्वतका प्रमुख मनिता थापाले भनिन् –‘राज्यले भौतिक संरचनाका लागि मात्र बजेट विनियोजन गर्नु भन्दा निर्माण पश्चातका जटिलता, प्राविधिक ज्ञान, सहुलित विद्युत लगायतका पक्षमा समेत यथोचित ध्यान दिनुपर्छ ।’ साथै उनले कोल्डरुम निर्माण गरेपनि कृषकहरुले ठेक्कामै आफ्ना उत्पादन बेच्ने परिपाटी विकसित हुँदै गएकोे र कृषी उपज टिप्ने, संकलन गर्ने तथा भण्डारण गर्ने आवश्यक ज्ञान उनीहरुमा नदेखिएको हँदा फसल लामो समयको लागि स्टोर गर्न समस्या देखिएको समेत जानकारी गराइन् । उनले राज्यस्तरबाटै निर्माणसँगै स–साना प्राविधिक ज्ञानका पक्षलाई पनि माथि उठाउन आग्रह गरिन् ।
कृषि ज्ञान केन्द्र पर्वतका अनुसार, हाल जिल्लाभित्र विभिन्न प्रकृति र उद्देश्यका ८ वटा कोल्डरुमहरु रहेका छन् । जिल्ला भित्र रहेको ती कोल्डरुमहरुको क्षमता करीव ६४.५ मे. टन रहेको छ । ती मध्ये १० मे.टन क्षमताका भोक्सिङ, शालिजा र बनौंमा रहेका तीन वटा कोल्डरुममा आलु भण्डारण गर्ने गरिन्छ । त्यसैगरी बाँसखर्कमा १० मे.टन क्षमता रहेको एक र कुर्घामा २.५ मे.टन क्षमता रहेका दुर्ईवटा कोल्डस्टोरहरु सिजन अनुसार सुन्तला र आलु स्टोल गरिँदै आएको छ  भने पाँच वर्ष अघि कुश्मा ९, कटुवाचौपारी, बाह्रविसेमा निर्माण गरिएको कोल्डरुममा आलु भण्डारण सफल रुपमा हुँदै आएको छ ।

कटुवाचौपारीको कोल्डरुममा विगत ४ वर्षसम्म प्राविधिक ज्ञानको अभावका कारण केही कृषि उपज कुहिएर गएका थिए भने पछिल्लो समय आलु भण्डारण सफल देखिएको संचालक राजबाबु पिसीले जानकारी दिए । उनले आगामी दिनमा मासु स्टोर गर्न सकिने कोल्डरुम निर्माणको सोचमा आफू रहेको जानकारी दिए । साथै यसका लागि राज्यबाट थप सहयोग र प्रभावकारी अनुगमनको समेत अपेक्षा राखेको बताए ।
त्यसैगरी पैयुँ ४ हातेमालोचोकमा कोल्डरुम निर्माण सम्पन्न  भइसकेर पनि हालसम्म पनि संचालनमा आउन सकेको छैन । पैंयुको कोल्डरुम निर्माणका लागि कृषि पूर्वाधार विकास तथा कृषि यान्त्रिकरण प्रवद्र्धन केन्द्र, ललितपुरको ११ लाख र पैयुँ गाउँपालिकाको ११ लाख लगानी रहेको छ । तर विद्युत जडान समस्याका कारण हालसम्म संचालनमा आउन नसकेको पैंयु कृषि शाखाका नायव प्राविधिक सहायक सन्दिप तिवारीले जानकारी गराए । उनले भने –‘अब छिट्टै विद्युतको काम सकेर स्टोर संचालनमा ल्याउने तयारी भइरहेको छ ।’ त्यस्तै गरी जिल्लाको मोदी गाउँपालिकाको पातिचौरमा निर्माणाधीन रहेको कोल्डरुम भने भौतिक संरचना निर्माणमा भएको ढिलाईका कारण हालसम्म पनि संचालनमा आउन सकिरहेको छैन ।
कोल्डरुमको समस्या पर्वत जिल्लाको मात्र नभएर देशभरीकै साझा समस्या हो । ‘राज्य तथा व्यक्तिहरु भौतिक संरचना निर्माणका क्रममा अहोरात्र खट्ने तर निर्माण पश्चातको व्यवस्थापकीय पक्षमा उदासिन देखिने प्रवृत्तिका कारण कोल्डरुम अपेक्षा गरे अनुसार सफल हुन नसकेका हुन् ।’ स्थानीय कृषक सरोज खनालले भने–‘सरकारले भौतिक संरचना निर्माणमा मात्र होइन दीर्घकालसम्म कोल्डरुम संचालनमा समेत नीति नै बनाएर कृषकहरु सँगसँगै हातेमालो गर्नुपर्छ । तव मात्र कृषकका लागि ल्याएका सुविधाहरु सार्थक र कृषककेन्द्रित हुनेछन् ।’
निर्माण क्रममा देखिएको सक्रियता संचालनका क्रममा समेत कायम राख्न र कनिकुथी संचालनमा रहेका कोल्डरुमहरु धेरै उपजका लागि स्टोर गर्न उपयोगी बनाउन राज्यले नीति निर्माण तहबाटै सक्रियता देखाउनु जरुरी छ । कृषि उपज टिप्ने, अल्पकालिन भण्डारण गर्ने तथा ढुवानी गर्ने लगायतका विषयमा यथेष्ट ज्ञान, कोल्डरुम सम्बन्धी प्राविधिक ज्ञान र सहुलित विद्युत उपलब्ध गराउने राज्यतहको नीति बेलैमा नआउने हो भने हाम्रा सबै लगानी परिणामुखी नहुने देखिन्छ ।

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
Black Friday 2022
spot_img

ताजा खबर

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img