बुधबार, चैत्र ११, २०८२
Wednesday, March 25, 2026
बुधबार, चैत्र ११, २०८२
Wednesday, March 25, 2026

मन्त्रीको इतिहासमा पर्वत: तोड्लान् त गिरीले नियति ?

गते

पर्वत । हामीलाई सुन्दै अचम्म लाग्न सक्छ । तर यो यथार्थ हो कि हालसम्म पर्वतले फुल क्याविनेट मन्त्री पाएको इतिहास छैन । यो विभेद बहुदल आएपछिको मात्र होइन, पञ्चायतकाल देखिकै निरन्तरता हो ।
देशमा थुप्रै परिवर्तनहरु भए । ठूला–ठूला जनआन्दोलनमा यहाँका जनताको उल्लेख्य सहभागिता रह्यो । यहीँबाट पनि जनताले सत्ता परिवर्तनका लागि ठूला ठूला आन्दोलन गरे, आन्दोलनका सबै मोर्चामा होमिए, शाहदत समेत प्राप्त गरे । ती सबै परिवर्तनमा गण्डकीबाट कुनै न कुनै रुपमा पर्वत जिल्लाको भूमिका अग्रणी नै रह्यो । तथापि पञ्चायतदेखि वहुदल हुँदै गणतन्त्रसम्मको यो अविछिन्न यात्रामा कहिँ–कतै केन्द्रले पर्वतलाई क्याविनेट मन्त्री दिन योग्य सम्झेन वा समय सधैं नै पर्वतको प्रतिकूल रह्यो ।
किन पावरफुल कार्यकारी भूमिकामा केन्द्रको अनुकूलित रहेन ‘पर्वत’ ? आज यो आम चासोको विषय बनिरहेको छ । पर्वतबाट ठूला पार्टीको केन्द्रीय राजनीतिमा राम्रै योगदान पुर्याएका नेताहरु नभएका पनि होइनन् तर पर्वतको नियति नै भन्नुपर्छ यो जिल्ला सधंै पछाडि धकेलिरह्यो ।

किन पावरफुल कार्यकारी भूमिकामा केन्द्रको अनुकूलित रहेन ‘पर्वत’ ? आज यो आम चासोको विषय बनिरहेको छ । पर्वतबाट ठूला पार्टीको केन्द्रीय राजनीतिमा राम्रै योगदान पुर्याएका नेताहरु नभएका पनि होइनन् तर पर्वतको नियति नै भन्नुपर्छ यो जिल्ला सधंै पछाडि धकेलिरह्यो ।

यो वा त्यो पार्टी, यो वा त्यो नेता नभनी समग्र पर्वतको हकमा के यो रिक्तता केवल संयोग मात्र थियो ? वा केन्द्रका हरेक नेताले पर्वतलाई हेर्ने दृष्टिकोण नै त्यस्तै थियो ? आज थुप्रै वर्षपछि यो जनचासो र वहसको विषय बन्न थालेको छ । हरेक चुनाव पछिका मन्त्रीमण्डल विस्तार हुने क्रममा पर्वतेली जनताहरुको मुखमा झुण्डिरहने र केन्द्रलाई गिज्याइरहने प्रश्न बन्न पुगेको छ, यो सवाल ।
राणा कालमा पर्वतले ठूलो अपेक्षा राख्ने कुरै थिएन । ३० वर्षे पञ्चायती शासनमा समेत केही पर्वतेलीहरु केन्द्र सरकारको सेरोफेरोमा रहे । तथापि क्याविनेट मन्त्री बन्न वा बनाउन कुनै केन्द्रीय शासकहरुले योग्य देखेनन् पर्वतेलीलाई । समयसँगै त्यो क्रूर पञ्चायत ढल्यो । वहुलयीय व्यवस्थाको जगमा उभिएसँगै गणतन्त्र आएको पनि थुप्रै भयो तर बाध्यात्मक परिस्थिति बाहेक कुनै पनि राजनीतिक दलले पर्वतलाई क्याविनेट मन्त्री आजसम्म दिन योग्य सम्झेको छैन । यद्यपि एमालेले पुरानो राजनीतिज्ञ पर्वतकै गणेशप्रसाद तिमिल्सिनालाई राष्ट्रियसभा अध्यक्षको जिम्मेवारी सुम्पिएको छ । तर यो कार्यकारी पद भने होइन ।
पञ्चायत कालको शुरुवाती चरणमा मोदी गाउँपालिका अन्तर्गत देउराली लाङ्दीका गणेश बहादुर गुरुङका २०२२÷०२३ सालमा राज्यमन्त्री बनेका थिए । त्यसको केही वर्षपछि सोही भूगोलका पूर्व भारतीय सेना लालसिंह गुरुङ सहायक मन्त्री बन्न सफल भए ।
त्यसैगरी पञ्चायतकालमै २०३१ सालमा हालको जलजला ४, मल्लाज माझफाँटका डम्मरबहादुर मल्ल राष्ट्रिय पञ्चायत सदस्य बने । सो कार्यकालमा उनले खासै ठूलो भूमिका पाउन सकेनन् तर पुनः दोश्रो कार्यकाल चुनाव जितेपछि भने २०३९ सालतिर यातायात राज्यमन्त्री बन्न सफल भए ।
यसैगरी विक्रम सम्वत् २०४३ सालमा राष्ट्रिय पञ्चायत सदस्यका रुपमा पर्वतबाट प्रतिनिधित्व गरेका क्षेत्रबहादुर गुरुङ त्यसको केही पछि पर्वत जिल्लाबाट केन्द्र सरकारमा सहायक यातायात मन्त्रीको रुपमा जिम्मेवारी वहन गर्न सफल भएका थिए ।
मोदी गाउँपालिका अन्तर्गत देउरालीका गणेशबहादुर गुरुङदेखि कुश्मा नगरपालिका दुर्लुङका क्षेत्रबहादुर गुरुङसम्म चार जना मन्त्री बनेतापनि राज्यमन्त्री र सहायक मन्त्रीमै सीमित रहे । कसैले पनि फुल क्याविनेट मन्त्री पाउन सकेनन् । त्यस्तै बहुदलपछिको मन्त्रीमण्डलमा पर्वतको दक्षिणी क्षेत्र हालको महाशिला ४, पाखापानी धुँवाकोटका देबहादुर पौडेल क्षेत्रीले अर्को अवसर पाए । उनले २०५४ पछि बनेको तत्कालीन संयुक्त सरकारमा स्थानीय विकास सहायक मन्त्रीको भूमिका निर्वाह गरेका थिए । त्यसो त प्रदेश सरकारमा पर्वत फलेवासका युवा नेता विकास लम्सालले पर्यटन मन्त्रालय सम्हाल्ने अवससर पाए ।
बहुदल आएपछि पटक–पटक प्रत्यक्ष चुनाव जित्दै आएका नेपाली काँग्रेसका प्रभावशाली नेता अर्जुनप्रसाद जोशी मन्त्री बन्ने दौडमा धेरै पटक चर्चामा चुलिए । सधैं चर्चापरिचर्चाको केन्द्रमा रहेपनि उनलाई नेपाली काँग्रेसले कहिल्यै मन्त्री बनाएन, पर्वतेली जनताले त्यो समय पनि अवसर गुमाए । तीन पटक पर्वत जिल्लाबाट प्रतिनिधिसभा र संविधानसभामा प्रतिनिधित्व गरेका जोशी नेपाली काँग्रेसका पूर्व केन्द्रीय सदस्य समेत हुन् । पर्वतको राजनीतिमा उनलाई पुराना राजनीतिज्ञ अमृत प्रसाद जोशीका छोराको रुपमा समेत चिनिन्छ ।

उनै जोशीलाई दुई पटक पराजय गरेका पर्वत कुश्मा–३ दुुर्लुङका पदम गिरी यस पटक मन्त्री बन्ने मापदण्डको कसी लगाउँदा अरु भन्दा धेरै अगाडि देखिन्छन् । पृथ्वीनारायण क्याम्पस स्ववियु सभापतिको जिम्मेवारीबाट खरो राजनीतिमा होमिएका उनी विद्यार्थी राजनीतिको केन्द्रमा समेत रहेर काम गरेका अनुभवी विद्यार्थी नेता हुन् ।

उनै जोशीलाई दुई पटक पराजय गरेका पर्वत कुश्मा–३ दुुर्लुङका पदम गिरी यस पटक मन्त्री बन्ने मापदण्डको कसी लगाउँदा अरु भन्दा धेरै अगाडि देखिन्छन् । पृथ्वीनारायण क्याम्पस स्ववियु सभापतिको जिम्मेवारीबाट खरो राजनीतिमा होमिएका उनी विद्यार्थी राजनीतिको केन्द्रमा समेत रहेर काम गरेका अनुभवी विद्यार्थी नेता हुन् ।

उनै गिरी पार्टी फुटको तात्तातो घाउ र विपक्षीको ५ दलीय गठबन्धनका बीच पर्वतबाट चुनाव जितेर गएका छन् । २०७४ र २०७९ गरी दुई पटक नै चुनाव जितेका गिरी युवा, अवसर नपाएका, दुई पटक प्रत्यक्ष चुनाव जितेका नेता मध्ये पर्दछन् । त्यति मात्र नभएर पर्वत जिल्ला प्रतिकूल राजनीतिक अवस्थामा समेत क्लीन स्वीप गरेर एमालेका सबै नेताहरुलाई जिताउने जिल्लाको रुपमा परिचित छ । जसका कारण केपी ओलीद्वारा एमाले पर्वत पुरस्कृत समेत भएको थियो । सो अवसरमा क्लीन स्वीप गर्ने पर्वत सहितका ३ जिल्ला पुरस्कृत भएका थिए ।

अहिलेसम्मको इतिहासमा क्याविनेट मन्त्री नपाएको पर्वतले गिरीलाई क्याविनेट मन्त्रीको रुपमा पाउला वा नपाउला ? धेरैको चासोको विषय बनेको छ यो सवाल । दलहरुबीच बनेको साझा मापदण्डभित्र पनि अटाएका उनी पछिल्लो पटक चर्चाको चुलीमा चुलिएका छन् । एमालेका केन्द्रीय सदस्य समेत रहेका गिरी एमालेभित्र लोकप्रिय युवा नेता र केपी ओलीको विश्वासपात्रको रुपमा समेत चिनिन्छन् ।

अहिलेसम्मको इतिहासमा क्याविनेट मन्त्री नपाएको पर्वतले गिरीलाई क्याविनेट मन्त्रीको रुपमा पाउला वा नपाउला ? धेरैको चासोको विषय बनेको छ यो सवाल । दलहरुबीच बनेको साझा मापदण्डभित्र पनि अटाएका उनी पछिल्लो पटक चर्चाको चुलीमा चुलिएका छन् । एमालेका केन्द्रीय सदस्य समेत रहेका गिरी एमालेभित्र लोकप्रिय युवा नेता र केपी ओलीको विश्वासपात्रको रुपमा समेत चिनिन्छन् ।

यद्यपि प्रचण्ड नेतृत्वको सरकारको दाहिने हात रहेका एमाले अध्यक्ष ओलीले यो पटक पर्वतलाई न्याय गर्लान् वा उही पुरानै नियति दोहोर्याउलान् त्यो थाहा पाउनलाई भने अझै एक/दुई हप्ता कुर्नैपर्ने देखिन्छ ।

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
Black Friday 2022
spot_img

ताजा खबर

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img