बुधबार, चैत्र ११, २०८२
Wednesday, March 25, 2026
बुधबार, चैत्र ११, २०८२
Wednesday, March 25, 2026

राष्ट्रिय स्वतन्त्र पार्टी खारेजीको माग गर्दै आयोगमा निवेदन

गते

काठमाडौं । रवी लामिछानेले नेतृत्व गरेको राष्ट्रिय स्वतन्त्र पार्टी खारेजको माग गर्दै निर्वाचन आयोगमा उजुरी परेको छ । रास्वपाको दर्ता प्रक्रिया नै गलत रहेको भन्दै युवराज पौडेल सफलले सो उजृुरी दिएका हुन् ।
उनले रवि लामिछानेलाई सर्वोच्च अदालतको संवैधानिक इजलासले उमेदवार बन्दा पेस गरेको नागरिकता अवैधानिक ठहर गरेकोले सोही नागरिकता पेस गरी गरेका सबै निर्णयहरु अवैध हुने उल्लेख गर्दै स्वतन्त्र पार्टी नै खारेजीको माग गर्दै उक्त निवेदन दिएका हुन ।

सर्वोच्च अदालतले नेपाली नागरिकता नलिइकन प्रतिनिधिसभा निर्वाचनमा भाग लिएको भन्दै गत साता उनको उपप्रधान तथा सांसद पद खारेज गरिदिए पछि लामिछाने पदमुक्त भएका थिए ।

दोहोरो पासपोर्टमा छानबिन गर्नका लागि जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका उनै पौडेल आज निर्वाचन आयोग पुगेका हुन् । सर्वोच्च अदालतको पुर्ण पाठ नआएसम्म दर्ता नगर्ने भन्दै काठमाडौं प्रहरीले उनको उजुरी दर्ता गरेको छैन ।
सबै पदबाट एकैपटक हात धोएका लामिछानेले पुनः नागरिकता प्राप्त गरेपछि दलको सभापतिमा सर्वसम्मत चयन भएका थिए ।

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
Black Friday 2022
spot_img

ताजा खबर

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img