काठमाडौं। सरकारलाई पूर्णता दिनेबारे छलफल गर्न गठबन्धन दलहरुको बैठक आज बस्दैछ।
आज बस्ने बैठकले मन्त्रालय बाँडफाँड र सरकारमा जाने दलहरुको टुङ्गो लगाउने प्रधानमन्त्री प्रचण्डको सचिवालयले जनाएको छ।
प्रधानमन्त्री प्रचण्डलाई दोस्रोपटक विश्वासको मत दिएका सबै दललाई समेट्ने गरी मन्त्रीपरिषद् विस्तारको तयारी गरिएको छ।
यद्यपि राष्ट्रिय जनमोर्चा र राष्ट्रिय स्वतन्त्र पार्टीले भने तत्काल सरकारमा सहभागी बताइसकेका छन्।
प्रधानमन्त्रीले गठबन्धन बैठक राखेर मन्त्रालय बाँडफाँडको प्रस्ताव गर्ने तयारी गरेका छन्।
शनिबार बसेको माओवादी केन्द्रको पदाधिकारी बैठकले १३ गतेसम्म गठबन्धन दलसँग छलफल गरेर मन्त्रिपरिषद्लाई पूर्णता दिने निर्णय गरेको थियो।



















