बुधबार, चैत्र ११, २०८२
Wednesday, March 25, 2026
बुधबार, चैत्र ११, २०८२
Wednesday, March 25, 2026

एमालेले जिल्ला अधिवेशन चैतभित्र गर्ने

गते

बैठकले जनवर्गीय संगठनको अधिवेशन माघभित्र सम्पन्न गरी चैतभित्र जिल्ला अधिवेशन सम्पन्न गर्ने निर्णय गरेको हो। यसैगरी, बैठकले पार्टीअन्तर्गत प्रदेशका निर्वाचन क्षेत्र, भूगोल, जिल्ला, पालिका, जनवर्गीय संगठनलगायतमा विभागीय जिम्मेवारीसमेत तोकेको खबर नयाँ पत्रिकामा प्रकाशित छ ।

पार्टीबाट निर्वाचित स्थानीय तहका जनप्रतिनिधिलाई प्रशिक्षणसहित प्रथम अधिवेशनमा निर्वाचित ४० वर्षमुनिका कमिटी सदस्यहरूका लागि नेतृत्व विकास कार्यशाला आयोजना गर्ने निर्णयसमेत बैठकले गरेको दवाडीले जानकारी दिए ।

यसैगरी, बैठकमा गत असोजमा सम्पन्न प्रदेशको पहिलो अधिवेशनबाट निर्वाचित भएर शपथ नलिएकाहरूलाई शपथसमेत गराइएको थियो ।

बैठकले पार्टीको प्रदेश कार्यालय सञ्चालनका लागि भवन किन्ने निर्णय गरेको अध्यक्ष नवराज शर्माले जानकारी दिए। शर्माका अनुसार पार्टीले पोखरा– ८ सिमलचौरनजिकै एक घर किन्नका लागि केही दिनअघि बैनासमेत गरिसकेको छ ।

नौ करोड ६५ लाखमा किन्न लागिएको घरको मूल्य पास खर्च जोड्दा १० करोडभन्दा माथि पर्ने उनले बताए। ‘चार महिनाभित्र पास गर्ने गरी बैना गरिसकिएको छ,’ उनले भने, ‘आवश्यक रकम पार्टीसँग त छैन, तर पार्टीका नेता, कार्यकर्ता र शुभेच्छुकहरूले सहयोगको वाचा गरेकाले रकम जुट्छ ।’

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
Black Friday 2022
spot_img

ताजा खबर

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img