पर्वत । जिल्लाको मोदी गाउँपालिका अन्तर्गत राम्जा गोतामेथर जन्मेर पशुपति माबिमा अध्ययन गर्दै हाल अमेरिकालाइ कर्मथलो बनाउनु भएका डा. खेमराज गौतमको पहलमा पूर्णेेश्वर माविमा ३ लाख ५० हजारको अक्षयको स्थापना भएको छ ।
आज एक कार्यक्रमका बिच डा. शर्माका गुरु कुश्मा १० पिपलटारी लक्ष्मी प्रसाद पौडेलको सम्झनामा उहाँको नाममा मृतक लक्ष्मी प्रसाद पौडेलले शिक्षण गरेको तथा बिब्यस अध्यक्ष रहेको पूर्णेेश्वर माबिमा सो अक्षय कोष स्थापना गरिएको हो ।

बिद्यालयमा आयोजना गरिएको एक कार्यक्रमका बिच डा. गौतमले सो रकम बराबरको चेक बिद्यालयका प्रअ नारायण प्रसाद शर्मालाई हस्तान्तरण गर्नुभयो ।
उहाँले यो रकमबाट प्राप्त ब्याजबाट कक्षा ९, १०, ११ र १२ मा नेपाली विषयमा राम्रो अंक प्राप्त गर्ने विद्यार्थीहरुलाई प्रोत्साहनस्वरुप खर्च गर्न सुझाव दिनुभयो ।

बिद्यालयमा भएको अक्षयकोष हस्तान्तरण कार्यक्रममा प्रमुख अतिथिको रुपमा वार्ड अध्यक्ष रामचन्द्र सुबेदीले सहयोग गर्ने दाताप्रती धन्यवाद ज्ञापन गर्नु भएको थियो । कार्यक्रममा पूर्व विद्यार्थी समाजका अध्यक्ष राजु पौडेल, पूर्व शिक्षक प्रेमराज सुशील गौतम, पूर्व प्रअ सरोज केसी, अक्षय कोषदाता खेमराज गौतम
लगायतले बोल्नुभएको थियो ।
उक्त कार्यक्रमको सन्चालन शिक्षक सन्तोष पौडेलले र अध्यक्षता प्रअ नारायण प्रसाद अर्यालले गर्नु भएको थियो ।
दाताले हस्तान्तरण गरेको रकम अमेरिकामा कर्मथलो बनाएका ३० जनाको सामुहिक सहयोग हो ।
सहयोग हस्तान्तरण पश्चात् दातालाई कदर पत्रद्वारा सम्मान गरिएको थियो ।



















