बुधबार, चैत्र ११, २०८२
Wednesday, March 25, 2026
बुधबार, चैत्र ११, २०८२
Wednesday, March 25, 2026

विश्वकप फुटबल : २-० ले वेल्समाथि इरानको रोमाञ्चक जित

गते

एजेन्सी
काठमाडौं/कतारमा भइरहेको फिफा विश्वकप फुटबलअन्तर्गत आज वेल्स र इरानबीच भएको खेल इरानले २(० गोलबाट जितेको छ।

खेलको दोस्रो हाफमा थपिएको इन्ज्युरी टाइम सकिनै लाग्दा इरानका रुज्वेह चेश्मीले गोल गरे।

यसको ३ मिनेटपछि नै रामिन रेजियानले इरानका लागि अर्को गोल थपेर जित सुनिश्चित पारे। उनले आजको खेलमा पहेंलो कार्ड पनि खाए। इरानका अर्का खेलाडी अहमद जहाँबख्सले पनि पहेंलो कार्ड खाए।

वेल्सका गोलकिपर वायने हेनेसीले इरानी खेलाडी तरेमीलाई गरेको डरलाग्दो ट्याकलका कारण रेफरीले उनलाई रातो कार्ड देखाएपछि वेल्स १० खेलाडीमा सीमित भएको थियो।

अहमद बिन अलि स्टेडियममा नेपाली समयअनुसार दिउँसो ३ बजेर ४५ मिनेटमा शुरु भएको खेलमा दुवै टोलीले गोल गर्न गरेको भरमग्दुर प्रयासमा इरान खेलको अन्त्यमा सफल भएको थियो।

पहिलो हाफमा इरानले गरेको गोल भिएआर हेरेर रेफरीले अफसाइड दिएका थिए।​

इंग्ल्याण्डसँग पहिलो खेल ६(२ बाट हारेको अंकविहीन इरानले दोस्रो चरणमा जानका लागि आजको खेल ‘गर या मर’ को स्थितिमा थियो।

वेल्स पहिलो खेलमा अमेरिकासँग १(१ गोलको बराबरीमा रोकिएको थियो।

वेल्स १ अंकमै सीमित भएको छ भने इरान आजको जीतसँगै दोस्रो स्थानमा उक्लिएको छ।

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
Black Friday 2022
spot_img

ताजा खबर

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img