बुधबार, चैत्र ११, २०८२
Wednesday, March 25, 2026
बुधबार, चैत्र ११, २०८२
Wednesday, March 25, 2026

ऎतिहासिक भैरवस्थान मन्दिर तथा मन्दिर परिसरबाट लिइएका हिमश्रृंखला लगायत कुश्मा-बलेवाका दृष्यहरु

गते

२० मङ्सिर, पर्वत / बाग्लुङको अमलाचौर, तीन काउलेको टाकुरामा रहेको भैरव मन्दिरप्रतिको आस्था र विश्वास जीवन्त रहनुनै यस ठाउँको धार्मिक महत्वको प्रमाण मान्न सकिन्छ । यहाँ निकै टाढाटाढादेखि श्रद्धालु भक्तजनहरु भैरव देवताको पूजा–अर्चनाका लागि आउने गर्दछन् । जीवनकालमा अधुरा, अपुरा रहेका योजनाहरु भैरवस्थान मन्दिरको दर्शन गरेपछी पूरा हुन्छ भन्ने जनबिश्वास रहिआएको छ । विक्रम सम्वत् १७८० तिर पाल्पाबाट ल्याएका कालभैरवलाई यहाँ स्थापना गरिएको किम्मदन्ती छ । मन्दिरमा मंगलबार र शनिबार विशेष पुजाअर्चना हुने गर्दछ । दर्शनर्थीहरु निकै टाढा टाढाबाट भाकल पूरा भएको भन्दै परेवा, कुखरा, बोका, राँगा, नरिवल, रोट लिएर पूजा गर्न आउने गर्दछन् । यहाँ आउनका लागि कुश्मा र बागलुङ दुवैतर्फको बाटो प्रयोग हुने गर्दछ । बागलुङ बजारबाट यहाँ आउने सडक मध्ये करिब ४ किमी पिच हुन बाँकी छ भने पर्वतको कुश्माबजारबाट भने दुइपाङ्ग्रेको सहयोगमा अग्लो पुल तरी कच्ची बाटो भएर यहाँ आउन सकिन्छ ।

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
Black Friday 2022
spot_img

ताजा खबर

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img