काठमाडौं । सर्वोच्च अदालतमा प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणाको बाटो छेक्न बसेका नेपाल बार एसोसिएसनका वकिलहरूमाथि तारा बरालले वकिलहरूलाई जुत्ता हानेकी हुन् ।अभियन्ता बराल दिउँसो तीन बजेतिर धर्ना स्थलमा आएर वकिलहरूको विरोध गरिरहेकी थिइन् । यसै क्रममा उनले उत्तेजित हुँदै आफूले लगाइरहेको जुत्ता फुकालेर वकिलको समूहमाथि प्रहार गरेकी हुन्






धुर्मुस सुन्तलीले चितवनमा निर्माण गरेको क्रिकेट रंगशालाविरुद्ध बोलेर बराल सामाजिक सञ्जालमा भाइरल भएकी थिइन् । पछिल्लो समय एमसीसी खारेज गर्नुपर्ने लगायतका माग राखेर उनी आमरण अनसन बसिन् । प्रधानन्यायाधीश चोलेन्द्र शमशेरको पक्षमा यसअघि पनि उनले सर्वोच्चको गेटमा एकल प्रदर्शन गरेकी थिइन् ।



















