बुधबार, चैत्र ११, २०८२
Wednesday, March 25, 2026
बुधबार, चैत्र ११, २०८२
Wednesday, March 25, 2026

अन्तर्राष्ट्रिय बाग्लुङ समाजद्वारा बाग्लुङमा १७ लाखको स्वास्थ्य सामग्री वितरण

गते

वार्सिलोना । अन्तर्राष्ट्रिय बाग्लुङ समाजले बाग्लुङ जिल्लाका विभिन्न ठाउँहरुमा १७ लाख रुपैयाँ बराबरको स्वास्थ्य सामग्री वितरण गरेको छ।

कोरोना महामारीको बेला प्रवासमा विभिन्न देशमा गठन भएका बाग्लुङ समाज तथा सहयोगीहरुमार्फत संकलन भएको रकमले सहयोग पुर्‍याएको हो।

अन्तर्राष्ट्रिय बाग्लुङ समाजका अध्यक्ष एकराज गिरीका अनुसार कोरोना महामारीको पहिलो लहरमा १० लाख रुपैयाँ र दोश्रो लहरमा ७ लाख रुपैयाँ बराबरको स्वास्थ्य सामग्री वितरण भएको छ।

अध्यक्ष गिरीले जिल्लाका बिभिन्न ठाउँहरुमा अझै पनि स्वास्थ्य सामग्री वितरण अभियान जारी रहेको बताए।

समाजका अनुसार बाग्लुङ नगरपालिका १२, १३, १४ वडा तथा साविक अमलाचौर, पैयूँपाटा र नारायणस्थान, तारा खोला नगरपालिका, काथेखोला, गलकोट, निसी खोला नगरपालिका, तमानखोला गाउँपालिकालगायतका ठाउँहरुमा स्वास्थ्य सामग्री वितरण कार्यक्रम सम्पन्न भएको छ।

अन्तर्राष्ट्रिय बाग्लुंङ समाजले संस्थाका पदाधिकारीहरुसहितको एउटा समिति बनाएर स्वास्थ्य सामग्री बितरणका लागि समन्वय गरिरहेको छ।

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
Black Friday 2022
spot_img

ताजा खबर

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img