पर्वत । नेकपा एमालेका नेता तथा पूर्व मन्त्री गोकुल बास्कोटाले एक कार्यक्रमका बीच आफ्ना कार्यकर्ताहरुलाई मञ्चबाटै मन्त्री नखोज्न भन्दै सम्झाएका छन् ।
उनले सम्बोधनका क्रममा आफ्ना नेताहरुलाई जसरी पनि मन्त्री बन्न नउकास्न सुझाव दिँदै भने– ‘हाम्रो ८ जना हुन्छ, दुई पटक जित्या छ, मन्त्री भाका छैनन् ।’ उनले थपे –‘पर्वत जिल्लामा ६० वर्ष भो न पञ्चायतमा, न गणतन्त्रमा फुल मन्त्री नै भएका छैनन् ।’
उनले कार्यकर्ताहरुलाई सम्बोधन गर्दै आफू मन्त्री हुनुभन्दा पनि विकास गर्नुपर्छ भन्ने मान्यता बोकेको भन्दै विकासका योजना जसरी पनि पूरा गर्ने बताएका थिए । बास्कोटाले सम्बोधनका क्रममा अहिलेको सरकारमा युवा, नयाँ, अवसर नपाएका र दोहोर्याएर प्रत्यक्ष चुनाव जितेकाले अवसर पाउनुपर्छ भन्ने आशय व्यक्त गरेका थिए ।
उनले पर्वत जिल्लाले लामो समयसम्म फुल मन्त्री नपाएकोप्रति अचम्म मान्दै मकवानपुरले पनि पटक पटक जिताएको तर अवसर नपाएको टिप्पणी गरेका थिए । उनले पर्वत, मकवानपुर जस्ता जिल्लाले अवसर पाउनुपर्छ भन्न आशयको अभिव्यक्ति दिएका थिए ।
उनले सम्बोधनका क्रममा साना दलहरुले औकात भन्दा बढी भाग खोजेको तर्फ कटाक्ष गर्दै भने –‘त्यो पनि जवरजस्ती चाहिन्छ, कार्यकर्ताले नचाहँदा नि चाहिन्छ, जनताले नचाहँदा नि चाहिन्छ, त्यस्तो कोही नेतालाई नि नबनाउनोस्, नेतालाई जथाभावी नउकास्नुहोस् ।’
घटनाक्रम डटकमले ‘मन्त्रीको इतिसहामा पर्वत, तोड्लान् त गिरीले नियति’ शीर्षकको समाचारमा हालसम्म पर्वतले फुल मन्त्री नपाएको विषय उठान गरेपछि बास्कोटाको यो अभिव्यक्ति सार्वजनिक भएको हो । थप भिडियोबाट …
भिडियो श्रोत : दैनिक न्यूज नेपाल



















