बिहिबार, चैत्र १२, २०८२
Thursday, March 26, 2026
बिहिबार, चैत्र १२, २०८२
Thursday, March 26, 2026

पर्वतबाट निर्वाचित पदम गिरी स्वास्थ्य मन्त्री बन्ने, गिरीले बदले पर्वतको नियति

गते

पर्वत । आज विस्तार हुने मन्त्रिमण्डलमा पदम गिरी स्वास्थ्य मन्त्री बन्ने भएका छन् । लगातार दोश्रो पटक प्रतिनिधि सभा सदस्य बनेका उनी पर्वत जिल्लाबाट फुल क्याविनेट मन्त्री बन्ने पहिलो राजनीतिज्ञ हुन् । उनी एमाका केन्द्रीय सदस्य समेत हुन् ।
यस अघि पर्वत जिल्लाले कहिल्यै फुल क्याविनेट मन्त्री पाएको थिएन । पञ्चायत कालको शुरुवाती चरणमा मोदी गाउँपालिका अन्तर्गत देउराली लाङ्दीका गणेश बहादुर गुरुङ २०२२/०२३ सालमा राज्यमन्त्री बनेका थिए । त्यसको केही वर्षपछि सोही भूगोलका पूर्व भारतीय सेना लालसिंह गुरुङ सहायक मन्त्री भएका थिए भने पञ्चायतकालमै २०३१ सालमा हालको जलजला ४, मल्लाज माझफाँटका डम्मरबहादुर मल्ल राष्ट्रिय पञ्चायत सदस्य बने । सो कार्यकालमा उनले खासै ठूलो भूमिका पाउन सकेनन् तर पुनः दोश्रो कार्यकाल चुनाव जितेपछि भने २०३९ सालतिर यातायात राज्यमन्त्री बन्न सफल भए ।
यसैगरी विक्रम सम्वत् २०४३ सालमा राष्ट्रिय पञ्चायत सदस्यका रुपमा पर्वतबाट प्रतिनिधित्व गरेका क्षेत्रबहादुर गुरुङ त्यसको केही पछि पर्वत जिल्लाबाट केन्द्र सरकारमा सहायक यातायात मन्त्रीको रुपमा जिम्मेवारी वहन गर्न सफल भएका थिए भने पर्वत फलेवास ६ देविस्थानकै डिल्लीराज पौडेल भूमीसुधार सहायक मन्त्री बन्न सफल भएका थिए । उनले २०५६ को चुनावमा एमालेका मोती पौडेललाई चुनावमा पराजित गरेर केन्द्रको यात्रा तय गरेका थिए ।

जिल्लाको इतिहासमा यस अघि ६ जना मन्त्री बनेको भएतापनि राज्यमन्त्री र सहायकमन्त्रीमै सीमित थिए । तर यसपटक प्रचण्ड नेतृत्वको सरकारमा पर्वतका पदम गिरीले फुल क्याविनेट मन्त्रीको रुपमा स्वास्थ्य मन्त्रालयको जिम्मेवारी सम्हाल्ने भएका छन् ।
विगत देखिएको रिक्तता यसपालि पर्वतका गिरीले पुर्ति गरेका छन् अर्थात् पर्वतको नियति बदल्ने अवसर पदम गिरीले पाएका छन् ।

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
Black Friday 2022
spot_img

ताजा खबर

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img