बिहिबार, चैत्र १२, २०८२
Thursday, March 26, 2026
बिहिबार, चैत्र १२, २०८२
Thursday, March 26, 2026

पर्वतको नियति बदल्दै मन्त्री बनेका पदम

गते

२०५६ सालको चुनावपछि फलेवास–६ देवीस्थानकै डिल्लीराज पौडेल भूमिसुधार सहायक मन्त्री भए । त्यसको १५ वर्षपछि पदम गिरीलाई एमालेले स्वास्थ्य जस्तो महत्वपूर्ण मन्त्रालयको जिम्मेवारी दियो, जुन अवसरले मन्त्री नबन्ने पर्वतको नियति बदलेको छ ।

३ माघ, पर्वत । दोस्रोपटक सांसद जितेका पदम गिरी स्वास्थ्य तथा जनसंख्या मन्त्री बन्दा पर्वतकै नियति बदलिएको छ । भौगोलिक अवस्थिति र शैक्षिक दृष्टिले अन्य धेरै जिल्ला भन्दा अगाडि भएपनि पर्वतबाट अहिलेसम्म कोही पनि संघीय सरकारको विभागीय मन्त्री बनेका थिएनन् ।

राणाशासन अन्त्यपछि बनेको सरकारहरूमा राज्य र सहायक मन्त्री भने ६ जना भइसकेका छन् । पञ्चायत सुरु भएको पाँच वर्षपछि २०२२ सालमा गणेशबहादुर गुरुङ राज्यमन्त्री भएका थिए । अहिले मोदी गाउँपालिकामा पर्ने देउराली लाङ्दीका गुरुङपछि त्यही ठाउँका पूर्व भारतीय सेना लालसिंह गुरुङ सहायक मन्त्री भए ।

२०३१ सालमा हालको जलजला–४, मल्लाज माझफाँटका डम्मरबहादुर मल्ल राष्ट्रिय पञ्चायत सदस्य भए । दोस्रो कार्यकाल पनि चुनाव जितेपछि उनी २०३९ सालमा यातायात राज्यमन्त्री भए । २०४३ सालमा राष्ट्रिय पञ्चायत सदस्य जितेका क्षेत्रबहादुर गुरुङ यातायात सहायक मन्त्री बने ।

२०४६ सालमा बहुदल आएपछि पनि पर्वतबाट कोहीपनि मन्त्री बन्न सकेनन् । पर्वतको दक्षिणी क्षेत्र हालको महाशिला–४, पाखापानी धुँवाकोटका देबहादुर पौडेल क्षेत्री २०५४ सालमा स्थानीय विकास सहायक मन्त्री भए । फलेबास–६ का डिल्लीराज शर्मा ०५६ को चुनावपछि सहायक मन्त्री बने ।

२०५६ सालको चुनावपछि फलेवास–६ देवीस्थानकै डिल्लीराज पौडेल भूमिसुधार सहायक मन्त्री भए । त्यसको १५ वर्षपछि पदम गिरीलाई एमालेले स्वास्थ्य जस्तो महत्वपूर्ण मन्त्रालयको जिम्मेवारी दियो, जुन अवसरले मन्त्री नबन्ने पर्वतको नियति बदलेको छ ।

गाउँबाट केन्द्रसम्म

७९ सांसद जितेर प्रतिनिधिसभाको दोस्रो दल बनेको एमालेमा धेरै आकांक्षीलाई पछि पार्दै पदम गिरी जसरी मन्त्री भए, सांसद बन्न पनि उस्तै चुनौती पार गर्दै आएका छन् । ४६ वर्षीय गिरीले २५ वर्ष अगाडि गाउँ कमिटीबाट पार्टी राजनीति थालेका थिए ।

२०३७ सालमा विद्यार्थी संगठन अखिल पाँचौंमा आवद्ध भएका गिरी पृथ्वीनारायण क्याम्पसको स्स्ववियु सदस्य, उपसभापति र सभापति भएका थिए । विद्यार्थी राजनीतिपछि २०५४ सालमा दुर्लुङ गाउँ कमिटी सचिव भए । २०६७ मा पर्वत जिल्ला सचिवालय सदस्य हुँदै २०७२ मा सम्पन्न आठौं जिल्ला अधिवेशनबाट जिल्ला अध्यक्षमा निर्वाचित भए ।

दुई वर्षपछि ०७४ मा चुनावबाट गिरी प्रतिनिधिसभा सदस्य निर्वाचित भए । माओवादी केन्द्रको साथ पाएर चुनाव जितेका गिरी त्यसैबेला पनि मन्त्रीको आकांक्षी थिए । साभार : अनलाइनखवर डटकमबाट

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
Black Friday 2022
spot_img

ताजा खबर

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img