बिहिबार, चैत्र १२, २०८२
Thursday, March 26, 2026
बिहिबार, चैत्र १२, २०८२
Thursday, March 26, 2026

माधव नेपाल फकाउन कोटेश्वर पुगे घनश्याम भुसालओली र नेपालबीच टेलिफाेन सम्वाद

ओली र नेपालबीच टेलिफाेन सम्वाद

गते

काठमाडौं : नेकपा एमाले पार्टी एकतालाई जोगाउन दोस्रो तहका नेताहरु सकिए बनेका बेला माधव कुमार नेपाललाई मनाउन घनश्याम भुसाल कोटेश्वर पुगेका छन्।

दोस्रो तहका नेताहरुको होटल समिटमा छलफल चलिरहेकै बेला नेता भुसाल नेपाललाई भेट्न उनको निवास कोटेश्वर पुगेका हुन्। समिटको छलफलमा अध्यक्ष केपी शर्मा ओलीको तर्फबाट कार्यदलका नेताहरु विष्णु पौडेल, सुवास नेम्वाङ र शंकर पोखरेल सहभागी छन् भने नेपाल पक्षबाट सुरेन्द्र पाण्डे, भीम आचार्य र गोकर्ण विष्ट छन्।

छलफलकै बीचमा भुसाल नेपाललाई भेट्न कोटेश्वर पुगेका हुन्। पार्टी एकताको लागि तयार पारिएको प्रस्तावमा छलफल गर्न भुसाल कोटेश्वर पुगेको एक नेताले बताए। शुक्रबारदेखि नेकपा एमालेको केन्द्रीय कमिटी बैठक जारी छ।

भुसालले नेपाल र पार्टी अध्यक्ष एवं प्रधानमन्त्री ओलीबीच टेलिफोन सम्वाद गराएका एक नेताले बताए। ओली र नेपालबीच टेलिफोन कुराकानी भएपछि भुसाल समिट होटल फर्किएका छन्।

शुक्रबारको बैठकले माधव नेपाल पक्षका सांसदहरुलाई सर्वोच्चमा दायर गरिएको रिटमा गरिएको हस्ताक्षर सोमबार ५ बजेभित्र फिर्ता लिन निर्देशन दिएको थियो । सहमतिका लागि तयार पारिएको मस्यौदामा ओली सहमत भए पनि नेता नेपाल सहमत भइसकेका छैनन्।

नेपाल पक्ष नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने पक्षमा गरेको हस्ताक्षर फिर्ता लिने पक्षमा देखिदैन। ओली पक्षले भने हस्ताक्षर फिर्ताका नै सहमतिका लागि बटमलाईन बनाएको छ।

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
Black Friday 2022
spot_img

ताजा खबर

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img