बुधबार, साउन १३, २०८३
Wednesday, July 29, 2026
बुधबार, साउन १३, २०८३
Wednesday, July 29, 2026

एमालेको तर्फबाट को होला राष्ट्रपतिको उम्मेदवार? (भिडियो)

गते

काठमाडौं। अहिलेको सत्ताधारी गठबन्धन जोगाउने र फुटाउने प्रयासले राष्ट्रपतिको उम्मेदवार तय गर्न दलहरुलाई सकस बनाएको छ। पार्टीले राष्ट्रपतिको उम्मेदवारको रुपमा अघि सार्ने व्यक्तिकै कारण गठबन्धन जोगिने वा फुट्ने कुरा तय हुने अवस्था देखिएपछि दलको शीर्ष नेतृत्व यतिबेला मौन रहेको छन् ।

एमालेका नेताहरु त आफ्ना अध्यक्ष केपी शर्मा ओलीले यतिबेला ‘मुखमा पानी हालेर बसेको’ टिप्पणी गर्न थालेका छन्।एमाले अहिलेको गठबन्धन जोगाउँदै आफ्नो उम्मेदवारलाई गठबन्धनको साझा उम्मेदवार बनाएर जिताउन चाहन्छ। तर, एमालेको यो प्रयासलाई असफल बनाउने खेलमा नेपाली कांग्रेसले निकै शक्ति खर्चिरहेको छ। कांग्रेसको यो प्रयासबारे एमाले पनि जानकार छ र कांग्रेसको प्रयासलाई विफल पार्न एमाले पनि प्रयासरत देखिन्छ।

अहिलेको गठबन्धन फुटाएर माओवादीलाई आफ्नो पक्षमा ल्याइ निर्वाचनअघिकै बाम लोकतान्त्रिक गठबन्धन कायम होस् भन्ने कांग्रेसको प्रयास छ। यसका लागि सरकारको नेतृत्व प्रचण्डलाई नै दिन पनि कांग्रेस तयार छ। सरकारको नेतृत्व माओवादीलाई दिएर माओवादीकै समर्थनमा आफ्ना उम्मेदवारलाई राष्ट्रपतिमा जिताउन सकिन्छ भन्ने कांग्रेसको बुझाइ छ।

माओवादीलाई अहिलेको सत्ताधारी गठबन्धनबाट अलग्याउने प्रयास भइरहँदा एमालेभित्र माओवादीले पनि स्वीकार गर्ने व्यक्तिलाई राष्ट्रपतिको उम्मेदवार बनाउने प्रयास भइरहेको छ। यसमा सबैभन्दा अगाडि पूर्वसभामुख सुवासचन्द्र नेम्वाङको नाम देखिन्छ।

एमालेनिकट स्रोतका अनुसार नेम्वाङलाई उम्मेदवार बनाउँदा माओवादीसहित अरु सत्ता साझेदारले पनि स्वीकार गर्ने सम्भावना उच्च हुनेछ। एमाले स्रोत भन्छ, ‘उहाँलाई संविधानसभाको अध्यक्ष बनाउने कुरामा पनि तत्कालीन संविधानसभामा रहेका सबै दल सहमत भएका हुन्। त्यसैले राष्ट्रपति बनाउने कुरामा पनि सहमति जुट्छ भन्ने विश्वास छ।’

नेम्वाङलाई संविधानसभाको अध्यक्ष बनाउने बेला तत्कालीन संविधानसभामा पहिलो दल माओवादी थियो। सबैभन्दा ठूलो दल भएर पनि माओवादीले आफ्नो पार्टीबाट सभाध्यक्ष बनाउन दावी नगरेको पृष्ठभूमिमा अहिले पनि उनलाई साझा उम्मेदवार बनाउने विषयमा माओवादीले आनाकानी नगर्ने एमाले नेताहरुको बुझाइ छ।

नेम्वाङबाहेक पार्टी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यको पनि चर्चा रहेको छ। शाक्य गएको निर्वाचनमा पार्टीले टिकट दिँदा पनि चुनाब लड्न अस्वीकार गरेर बसेकी हुन्।

सांसद बन्ने अवसर समेत त्यागेकी उनलाई व्यवस्थापन गर्नुपर्ने जिम्मेवारी पनि पार्टीमाथि छ। त्यसैले उनलाई व्यवस्थापन गर्नकै लागि पार्टीले उनलाई उम्मेदवार बनाउने सम्भावना  रहेको स्रोत बताउँछ। शाक्यलाई राष्ट्रपतिको उम्मेदवार बनाउँदा एकीकृत समाजवादीले समेत उनलाई समर्थन गर्न सक्ने सम्भावना पनि एमाले नेतृत्वले देखाएको छ।

अन्तिम समयसम्म नेपाललाई साथ दिएकी शाक्य पार्टी फुटाएर अलग्गिन भने तयार भइनन्। र, माधव नेपालले पार्टी फुटाएर नेकपा एस गठन गर्दा उनी एमालेमै बसिन्। नेपाललाई ओलीविरुद्धको विद्रोहमा अन्तिमसम्म साथ दिएको आधारमा उनलाई नेकपा एसले सहयोग गर्न सक्ने पनि एमालेभित्रको बुझाइ छ।

यसबाहेक अर्का उपाध्यक्ष ईश्वर पोखरेलको पनि चर्चा छ। उनलाई राष्ट्रपतिको उम्मेदवार बनाउन पार्टी त्यति धेरै इच्छुक छैन जति उनी आफैं राष्ट्रपति बन्न इच्छुक छन्। तर, पोखरेल माओवादीका लागि प्रिय पात्र भने होइनन्। त्यसैले माओवादी पोखरेललाई समर्थन गर्ने विषयमा खुसी हुने सम्भावना न्यून छ।

:- (भिडियो)

 

 

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
Black Friday 2022
spot_img

ताजा खबर

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img