काठमाडौं। मंगलबार सुनको भाउ २०० रुपैयाँले सस्तिएको छ । सोमबारको तुलनामा आज सुन तोलामा २०० रुपैयाँले सस्तिएको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजका लागि छापावाल सुनको मूल्य प्रतितोला १ लाख ३ हजार रुपैयाँ निर्धारण गरिएको छ भने तेजावी सुन १ लाख २ हजार ५०० रुपैयाँ निर्धारण गरिएको छ ।
हिजो छापावाल सुन प्रतितोला १ लाख ३ हजार २०० रुपैयाँ र तेजावी सुन १ लाख २ हजार ७०० रुपैयाँमा खरिद बिक्री भएको थियो ।
त्यस्तै आज चाँदीको भाउ भने आज स्थिर रहेको छ । चाँदी लगातार ३ दिन स्थिर हुन पुगेको हो । सोमबार प्रतितोला १ हजार २९० रुपैयाँ रहेको चाँदी आज पनि सोही मूल्यमा कारोबार भइरहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अन्तर्राष्ट्रिय बजारमा हुने सुन र चाँदीको मूल्यका आधारमा महासंघले नेपालमा दैनिक सुनचाँदीको मूल्य तोक्दै आएको छ ।



















