बुधबार, चैत्र ११, २०८२
Wednesday, March 25, 2026
बुधबार, चैत्र ११, २०८२
Wednesday, March 25, 2026

रित्ता गाउँको भरिलो मौलिकता : ‘सुनसान बन्दै आर्थर डाँडाखर्क’

गते

‘आर्थर डाँडाखर्क’ एउटा ऐतिहासिक र गुरुङ समुदायको बाहुल्यता रहेको गाउँको रुपमा परिचित छ । टपक्क मिलेका छपनी, ढुंगाले छाएका लहरै मिलेका घर, पुरानो मौलिक शैलीमा निर्माण गरिएका घुमाउने घर, कौशी, कोठी, वार्दली, धन्सार यी सबै यहाँका मौलिक विशेषता हुन् ।
‘आर्थर डाँडाखर्क’ कुश्मा नगरपालिका वडा नं. १४ भित्रको एउटा पर्यटकीय गाउँ हो । संघीयता पछि कुश्मा नगरपालिकामा जोडिएको आर्थर डाँडाखर्क त्यो भन्दा अघि गाउँ विकास समिति थियो । तर यहाँ अधिकांश मानिसहरु पलायन हुने क्रम बढिरहेको छ । सबै मानिसहरु विकास र सुविधा खोज्दै नजिकका शहरतिर छिर्ने क्रम रोकिएको छैन । यद्यपि यहाँ अहिले पक्की सडक र सुविधासम्पन्न स्वास्थ्य सेवा बाहेक सहरले भोग गरेका अधिकांश कुरा गाउँले उपभोग गर्न पाइन्छ ।
चौविसै घण्टा विजुली, पानी अनि पक्की हुने क्रममा रहेका चाक्ला ग्रावेलिङ सडक, स्तरोन्नति पर्खँदै गरेको स्वास्थ्यचौकी । यी सबै आशाका त्यान्द्राहरु गाउँभरी छताछुल्ल पोेखिएको भएतापनि किन मानिस गाउँदेखि सहर खोज्दै भागिरहेको छ ? यसको लागि सरोकारवाला निकायले किन गृहकार्य गरिरहेको छैन ? यो सोचनीय विषय बनेको छ । लाग्छ, यो आर्थरको मात्र समस्या भएर हरेक गाउँ र समाजको साझा समस्या बनिरहेको हो । यसतर्फ तीनै तहका सरकारहरु गम्भीर बन्न ढिला गरिनु हुँदैन ।
गाउँबाट विस्तापित हुनेको संख्या र ठिङ्रिङ्ग एक्लै ठरिएका घर हेर्दा अत्यास लाग्छ । आन्तरिक पर्यटकहरुको रोजाइ समेत हुने गरेको आर्थर डाँडाखर्क मानव विहीन बन्दै गएको छ । विगतको जनसंख्या पातलिँदै गएको छ । यति धेरै विकास र सम्भावना बोकेको गाउँ भएर पनि यहाँ ‘ज्यूँदाको जन्ति र मर्दाको मलामी’ को अभाव यो गाउँले विगतदेखि नै झेलिरहेको छ ।
यहाँका गुरुङहरु समुदाय हङकङ, बेलायतसम्म गएका र उतै बसोबास गरेका पनि छन् । त्यति मात्र नभएर नजिकको सहर पोखरामै बसोबास गर्ने त थुप्रै छन् । त्यतिमात्र नभएर काठमाडौं, चितवन लगायतका सुविधासम्पन्न सहरमा गएर बसोबास गर्ने परिपाटी बढ्दै गएपछि हिजोआज गाउँ शून्यजस्तै लाग्न थालेको हो ।
आर्थर डाँडाखर्क पुख्र्यौली भएका थुप्रै आर्थरबासीले यतिबेला पोखरामा समाजघर निर्माण गरेका छन् । हिजोआज मान्छे मर्दा होस् वा विहेवारी, भोज गर्दा किन नहोस् सबै पोखरा नगई सुखै छैन । बाबुनानी जन्मँदादेखि वृद्धवृद्धा मुत्युपर्यन्त पोखरा नझरी हुँदै हुँदैन । किनकि गाउँमा विमारी हुँदा काँध थाप्ने मान्छे पोखराबाटै आउनुपर्छ, घरमा जुठोसुत्केरो पर्दा उतैका मानिसलाई गुहार्नुपर्छ ।
बसाईसराई यहाँको मुख्य चुनौति कुश्मा १४ का वडाअध्यक्ष रुद्रमोहन रिमाल स्वीकार्छन् । ‘यतिबेला गाउँको बसाइसराई सबैभन्दा ठूलो चुनौती बन्दै गएको छ ।’ कुश्मा १४ आर्थर डाँडाखर्कका वडाअध्यक्ष रुद्रमोहन रिमालले भने, –‘मान्छेका न्यूनतम् आधारभूत आवश्यकताहरू सबै पुगेका छन्, विकास निर्माणका कामहरु पनि दिनप्रतिदिन सम्बोधन भएकै छन् र पनि बसाइसराई अझै रोक्न सकिएको छैन । लाहुरेहरूको गाउँ भएकोले गर्दा पनि यहाँको संस्कृति भरिभराउ छ । तर उनीहरुका सबै परिवारहरू बाहिर नै जाने परिपाटीले गर्दा गाउँ सुनसान बनेको हो ।’
गुरुङ समुदायको अलग्गै कला संस्कृति र मौलिकता बोकेको गाउँ सुनसान भएकोप्रति यहाँका युवाहरु थप चिन्तित छन् । उनीहरु समेत अब गाउँ पहिले जस्तै भरिलो बन्नेमा शंका व्यक्त गर्दछन् । ‘घरमा आमा र बुवा मात्र बस्नु हुन्छ । हामी दुई दिदीबहिनी पोखरातिर बस्ने गरेका छौँ ।, कहिलेकाहीँ चाडबाडमा गाउँ पुग्ने हो ।’, सजना गुरुङ (वर्ष २१) ले भनिन् –‘हाम्रा आफन्तहरूको घरहरू सबै रित्तारित्तै छन्, उनीहरूको छोराछोरी पनि बाहिर देशमा भएको हुँदा घरहरू भत्किसकेका छन्, अब फेरी उहाँहरू फर्केर गाउँ आउनुहोला भन्ने चाहीँ लागेको छैन ।’
दुईसय वर्ष पुरानो यहाँको बौद्ध गुम्वा, स्थानीय गुरुङ संस्कृति झल्काउने घर–धन्सारहरु अहिले पनि यहाँ संरक्षित छन् । यहाँको मौलिकता जोगाउन स्थानीय चिन्तित छन् तर बसाई पातलिँदै गएकोमा भने सबैलाई चिन्ता लागेको छ । गाउँ कसरी भरिभराउ बनाउन सकिन्छ भन्नेमा स्थानीयहरु लागि परेका छन् । ‘कुश्मादेखि नजिकै भएर पनि यस गाउँ सुनसान भएको महसुस हुन्छ ।’, स्थानीय रुपा थापा गुरुङले भन्छिन्, –‘गाउँमा मान्छेहरू बस्न छाडे पनि यहाँको दुई सय वर्ष पुरानो बौद्ध गुम्बा, गुरुङ समुदायको कला संस्कृति र ढुङ्गाका पुराना र घुमाउने घरहरू समेटेर गुरुङ सँग्राहलय बनाउन सकेमा बाहिरका मान्छेहरूलाई गाउँमा आकर्षित गर्न सजिलो हुन्थ्या ।’

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
Black Friday 2022
spot_img

ताजा खबर

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img