काठमाडौं । प्रचण्डले राजनीतिक कोर्स बदल्ने संकेत पछि पछिल्लो घटनाक्रमलाई लिएर नेकपा एमालेको सचिवालयको बैठक बस्दैछ ।
सहमति तोडेर नेकपा माओवादी केन्द्रले नेपाली कांग्रेसका उम्मेदवारलाई राष्ट्रपतिमा समर्थन गर्ने निर्णय भएको भोलीपल्ट एमालेको सचिवालय बैठक बस्न लागेको हो ।
एमाले उपमहासचिव प्रदिप ज्ञवालीका अनुसार सचिवालय बैठकवाट गठबन्धनको भविश्यका बारेमा छलफल हुनेछ । बैठक ९ बजे बस्दैछ ।



















