बुधबार, चैत्र ११, २०८२
Wednesday, March 25, 2026
बुधबार, चैत्र ११, २०८२
Wednesday, March 25, 2026

पर्यटकले नदेखेको अल्पेश्वर गुफा

गते

  • सुमन जङ्ग थापा

डेढ दशक अघि कटुवाचौपारीको जङ्गल छेउमा एउटा ओडार भेटियो । धेरैले जङ्गली जनावर लुक्ने स्थल भएको अनुमान गरे । केही दिनपछि गाउँका युवा त्यहाँ भित्र पसे । उनीहरूले त्यो ठाउँ जङ्गली जनावरको वासस्थान नभएर महादेव शिवको तपस्यास्थल भएको कुरा गाउँभर सुनाए । रातारात पूजाअर्चना र गुफा हेर्न चाहनेको घुइँचो बढ्न सुरु भयो । स्थानीय गुफाको संरक्षणमा जुटे । सुरुको दिनमा केही बाह्य पर्यटक गुफामा पुगे पनि उचित संरक्षण र प्रचारको अभावमा हिजोआज अल्पेश्वर गुफा पर्यटकविहीन बनेको छ ।

एकान्त र साहसिक गतिविधि मन पराउनेका लागि अल्पेश्वर गुफा पहिलो रोजाइ बन्न सक्छ । तीन तलाको गुफाको मुख्य प्रवेशद्वार कटुवा चौपारीबाट छिरेर नौ सय मिटरको दूरी पार गरेपछि मोदी खोलामा निस्कन सकिन्छ । गुफामा रहेका ताल तलैया र स–साना झरनाले मन रोमाञ्चित तुल्याउने गर्छ ।

जाडोमा न्यानो र गर्मीमा चिसो हावा बहनु गुफाको फरक विशेषता रहेको अल्पेश्वर गुफा पर्यटकीय केन्द्रका पूर्वअध्यक्ष नारायण अधिकारीले बताए । उनका अनुसार गुफाभित्र बनेका आकृतिमा मनले सोचे अनुसार महादेव, पार्वती, शिवलिङ्ग, पाँच पाण्डव, शङ्ख, चक्र, हात्तीको सुँड, आदि प्राकृतिक आकृति आँखाले देख्न सकिने छ ।

सदरमुकाम कुश्मादेखि १५ मिनेटको पदयात्रामा अल्पेश्वर गुफा पुग्न सकिन्छ । दुई वटा अग्ला तथा लामा झोलुङ्गे पुल कुश्मा–ज्ञादी र खरेहा–अधिकारीचौर पुल तरेपछि सजिलै गुफामा पुग्न सकिने भए पनि पर्यटक आकर्षित गर्नेतर्फ कसैको ध्यान गएको देखिँदैन ।

“बाहिर जिल्लादेखि शैक्षिक तथा संस्थागत भ्रमण, पारिवारिक घुमघाम र प्रेमिल जोडी अग्लो पुलको अवलोकन र मज्जा लिन आउने गर्छन् तर उनीहरूलाई छेउमै रहेको गुफासम्म लान सकिएको छैन”, स्थानीय राजबाबु पिसीले भने, “स्थानीय सरकारको पर्यटनलाई हेर्ने दृष्टिकोण साँघुरो छ, पर्यटनसम्बन्धी कुनै चेत नै छैन, उनीहरूले बाटो र भवन बनाउने कुरालाई मात्र विकास सम्झन्छन् ।”

समथर र रमणीय ज्ञादीको फाँट हुँदै पुग्न सकिने गुफाको बाहिरी भागबाट माछापुच्छ्रे, अन्नपूर्ण, धौलागिरि हिमाल, पञ्चासे र डहरेदेउरालीको लेक देख्न सकिन्छ । अल्पेश्वर गुफा पर्यटकीय केन्द्रका पूर्वअध्यक्ष सुरेश पिसीका अनुसार त्यहाँबाट मोदी खोला, कालिमाटीको रमणीय डाँडा र बागलुङको भैरवथान मन्दिरसमेत देख्न सकिने छ । गुफामा विभिन्न प्रजातिका २० हजार बढी चमेरा बस्ने गरेको अध्यक्ष पिसीले बताए।

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
Black Friday 2022
spot_img

ताजा खबर

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img