बिहिबार, चैत्र १२, २०८२
Thursday, March 26, 2026
बिहिबार, चैत्र १२, २०८२
Thursday, March 26, 2026

कालिका मन्दिरदेखि भकुण्डेसम्म केबलकार बनाउन सम्भाव्यता अध्ययन

गते

बागलुङ । चर्चित धार्मिक स्थल बागलुङको कालिका मन्दिरदेखि पर्यटकीय क्षेत्र भकुण्डेसम्म केबलकार निर्माणको योजना अघि सारिएको छ। बागलुङ पर्यटन विकास समिति तथा स्थानीय पर्यटन अभियान्ताको विशेष पहलमा केबलकार निर्माणको सम्भाव्यता अध्ययन सुरु गरिएको हो ।
केबलकार निर्माण तथा सञ्चालनका लागि विस्तृत अध्ययन प्रतिवेदन डिपिआर तयार पार्न प्रारम्भिक अध्ययन थालिएको छ । देशभरबाट कालिका मन्दिर आउने पर्यटकहरुलाई भकुण्डे तथा भैरवस्थान भैरवस्थान मन्दिर लगेर दर्शन गराउने मनसायले केबलकारको अवधारण ल्याइएको बागलुङ पर्यटन विकास समितिले जनाएको छ ।
समितिका सचिव अर्जुन चोखालका अनुसार अहिले प्राविधिकले पहिलो पटक यस स्थानको सर्वे गरिसकेका छन् । धेरै हिसाबले कालिका मन्दिर नजिकैबाट भकुण्डेसम्म केबलकार निर्माण गर्न सहज देखिएको छ, जुन अध्ययनले देखाएको प्राविधिकले जनाएका छन् । लामो पुल हेर्ने, कालिका मन्दिर दर्शन गर्ने र बागलुङ बजार घुम्न आएका पर्यटकलाई भकुण्डे पुर्‍याउने र भकुण्डेलाई एउटा सांस्कृतिक गाउँका रुपमा विकास गर्न सके केबलकार चल्ने सक्ने चोखालको बुझाई रहेको छ । यसका लागि बागलुङ नगरपालिकाले पहल तथा स्थानीय उद्यमीले साझेदारीमा गर्नुपर्ने उनले बताए ।

भकुण्डे गाउँ तालवराह ताल, हीरा ताल, मुलाबारी भ्यू टावर, सास्कृतिक सङ्ग्रहालय र यहाँको घरबासमा पाइने स्थानीय परिकारको स्वादका कारण पर्यटकहरुको रोजाइमा पर्ने गरेको छ । यो गाउँ घरबासका दृष्टिले चर्चित रहेको छ ।
केबलकार निर्माणका लागि सहयोग पुगोस् भनेर तत्काल डिपिआर गर्न बागलुङ नगरपालिकाले तगारुकता समेत देखाएको छ । पालिकाले भकुण्डेमा पर्यटकीय विकास गर्न चालु आर्थिक वर्षमा रू २० लाख बजेट विनियोजन गरेको छ ।
कालिका मन्दिरदेखि भकुण्डेसम्म केबलकार सञ्चालनका लागि प्राविधिक हिसाबले सफल देखिएको केबलकार नेपालका अध्यक्ष तथा इन्जिनियर गुणराज ढकालको भनाइ छ । उनले एक हप्ता लगाएर गरेको प्राविधिक अध्ययनमा केबलकार सञ्चालन प्राविधिक र व्यावसायिकरुपमा दुवै रुपमा उचित देखिएको बताए । अध्ययनले केबलकार निर्माणका लागि झण्डै रु एक अर्ब ५८ करोड लाग्ने देखाएको उनको भनाइ छ।

बागलुङमा यसअघि बागलुङ नगरपालिका–४ कुडुलेस्थित दाबगरादेखि पञ्चकोटसम्म केबलकार लैजाने योजनाअघि सारिएको भए पनि स्थानीयको विरोधपछि योजना अघि बढेको थिएन ।

 

 

 

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
Black Friday 2022
spot_img

ताजा खबर

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img