बुधबार, चैत्र ११, २०८२
Wednesday, March 25, 2026
बुधबार, चैत्र ११, २०८२
Wednesday, March 25, 2026

पोखरा विमानस्थलमा चार रात्रिकालीन उडान गर्दै बुद्ध एयर

गते

पोखरा । बुद्ध एयरले आज रातिबाट पोखरा विमानस्थलमा चार गन्तव्यबाट रात्रिकालीन उडान गर्ने भएको छ ।

कोरना महामारीपछि सुस्ताइरहेको पर्यटन व्यावसायलाई बुद्ध एयरको यो प्रयासले थप राहात मिल्लेछ । दिनभरका कामकाज सकेर बेलुकाको बसाई पोखरा गर्न चाहने आन्तरिक तथा वाह्य पर्यटकहरुका लागि यी उडानहरु महत्वपूर्ण रहनेछन् ।
बुद्धले नेपालगन्जबाट राति ७ः३० बजे उडेको विमान पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा राति ८ः०८ मा अवतरित हुनेछ । यसैगरी ७ः३५ बजे काठमाडौँबाट उडेको विमान पोखरा विमानस्थलमा राति ८ बजे अवतरण हुनेछ । झापाको भद्रपुरबाट ६ः५५ मा उडेको विमान ८ः०५ मा अवतरण हुनेछ भने भैरहवाबाट साँझ ७ः२५ मा उडेको विमान ७ः४५ बजे अवतरित हुनेछ । यी चार राति पोखरा अन्तर्राष्ट्रिय विमानस्थल मै राति बास बस्ने बुद्ध एयरले जनाएको छ ।

आजसम्म बुद्ध एयरबाहेक अन्य हवाईसेवा कम्पनीहरुले भने पोखरामा रात्रिकालीन उडानको तालिका बनाएका छैनन् । नियमित रात्रिकालीन उडान शुरु हुन लागेसँगै खुसी भएका पोखराका व्यावसायीहरुले पर्यटनको नयाँ युग शुरु भएको बताएका छन् ।

पोखरा विमानस्थलमा फागुन ११ गतेदेखि आइएफआर प्रणाली लागू भएसँगै रात्रिकालीन उडान सम्भव भएको हो । रात्रिकालीन उडानबाट पोखरा आएका यात्रुहरुका लागि नगरबसहरुको व्यवस्था गरिएको छ ।

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
Black Friday 2022
spot_img

ताजा खबर

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img