काठमाडौं । चीनमा तेश्रो कार्यकालका लागि जिनपिङ फेरि उदाएका छन् । शुक्रबार एक घण्टासम्म चलेको मतदान मार्फत जिनपिङ पुनः तेस्रो कार्यकालका लागि चीनको राष्ट्रपतिमा निर्वाचित भएका हुन् ।
उनी चिनको शक्तिशाली नेताको रुपमा विश्वसामु परिचित छन् । माओत्से तुंगपछि उनले आफूलाई चीनको सबैभन्दा शक्तिशाली नेताको रूपमा स्थापित गरेका छन् । चीनको संसद, नेसनल पिपल्स कांग्रेस ९एनपिसी० का लगभग तीन हजार सदस्यले सर्वसम्मतिबाट जिनपिङलाई मत हालेका छन् ।
६९ वर्षीय जिनपिङको विरोधमा अरू कुनै उम्मेदवारले यो चुनावमा उम्मेदवारी समेत दिएनन् । जिनपिङले सन् २०१८ मा संविधान संशोधन गरेर राष्ट्रपतिमा निर्वाचित हुने सीमालाई अन्त्य गराएका थिए । त्यही बेलादेखि राष्ट्रपतिमा पुुनः जिनपिङ नै निर्वाचित हुने अड्कलबाजी गरिँदै आएको थियो ।
उनले सोमाबार वार्षिक संसद सत्रमा सम्बोधन गर्नेछन् । एक घण्टासम्म चलेको मतदानको नतिजा १५ मिनेटमै आएको थियो ।



















