बिहिबार, चैत्र १२, २०८२
Thursday, March 26, 2026
बिहिबार, चैत्र १२, २०८२
Thursday, March 26, 2026

भूपू समाजको पहलमा विद्यार्थी–शिक्षकको रक्त समूह पहिचान

गते

२८ फागुन, पर्वत । पूर्णेश्वर भूतपूर्व विद्यार्थी समाजको आयोजनामा विद्यार्थी तथा शिक्षकहरुको रक्त समूह पहिचान शुरु गरिएको छ ।
पर्वत अस्पताल, कुश्मा नगर स्वास्थ्य शाखा र पिपलटारी स्वास्थ्य चौकीको प्राविधिक सहयोग र सहकार्यमा पूर्णेश्वर भूतपूर्व विद्यार्थी समाजले पिपलटारीको पूर्णेश्वर माध्यमिक विद्यालयबाट रक्त समूह पहिचान अभियान थालेको हो ।
समाजले कुश्मा–१० भित्र रहेका ६ वटा सामुदायिक विद्यालयको रक्त समूह पहिचान गर्ने कार्यक्रम रहेको जनाएको छ । शिद्धेश्वर प्राथमिक विद्यालयका प्रधानाध्यापक केशव पौडेल र पूर्णेश्वर मावि कक्षा ११ की छात्रा कामना लामिछानेको रक्त समूह पहिचान गरी एक कार्यक्रमका बीच परिचय–पत्र उपलब्ध गराएर कार्यक्रमको उद्घाटन गरिएको थियो ।

उद्घाटन कार्यक्रममा बोल्दै प्रमुख अतिथि कुश्मा १० का वडाअध्यक्ष रामचन्द्र सुवेदीले रक्त समूह पहिचान कार्यक्रम अत्यन्त समयसापेक्ष भएको भन्दै आगामी दिनमा समाजकै अगुवाईमा वडाभरीका सर्वसाधारणको समेत रक्त समूह पहिचान गरिने र सो कार्यमा वडाले साझेदारी गर्ने प्रतिवद्धता व्यक्त गरे ।

सोही कार्यक्रममा पूर्व वडाअध्यक्ष सुजन विक (अमर) ले देख्दा सानो लाग्ने कार्यक्रम भएपनि यसले ठूलो सन्देश दिएको र यस कार्यले हरेक विद्यार्थी–शिक्षक तथा समुदायलाई भोली हुने दुर्घटनामा ज्यान जाने जोखिम न्यूनीकरण गर्न सहयोग पुग्ने बताए । उनले यो एउटा सकारात्मक कार्य भएकोले सबै सहभागी हुन र सहयोग गर्न आग्रह गरे ।
‘हामी जतिबेलासुकै रगतको अभावबाट गुज्रन सक्छौं । हाम्रो शरीरभित्र भएको हामै्र रगत समेत हामीलाई कुन गु्रपको हो भन्ने थाहा नहुनु दुर्भाग्यपूर्ण हो । त्यसैले शुरु चरणमा सामुदायिक विद्यालयबाट यसको थालनी गरेका छौं ।’ पूर्णेश्वर भूतपूर्व विद्यार्थी समाजका अध्यक्ष राजु पौडेलले भने, –‘यसको पहिचानले भोलिका दिनमा रगतका कारण हुने सबै किसिमका दुर्घटनाबाट जोगाउँछ भने अरुको जीवन रक्षाका लागि समेत थप सहजता बनाउँदछ ।’ अध्यक्ष पौडेलले आफ्नो रगत समूहबारे कम्तीमा आफूलाई त थाहा होस् भन्ने उद्देश्यले यो कार्यक्रम आयोजना आयोजना गरेको र यो एक चेतनामूलक अभियान रहेको बताए ।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक नारायणप्रसाद अर्याल, पिपलटारी स्वास्थ्य चौकीका प्रमुख रामबहादुर खड्का, नेपाली काँग्रेसका प्रदेश (क) सदस्य लोकप्रसाद अधिकारी, नेकपा एमाले कुश्मा १० का सचिव शोभाखर खनाल, नेकपा माओवादी केन्द्र कुश्मा १० का अध्यक्ष कृष्णप्रसाद सुवेदी लगायतले बोलेका थिए ।
दुई दिनसम्म चल्ने अभियानमा ६ सामुदायिक विद्यालयका बाल कक्षादेखि १२ कक्षासम्मका विद्यार्थी तथा शिक्षकहरूको रक्त समूह पहिचान गरी परिचयपत्र समेत वितरण गरिनेछ । अभियानबाट करीव एकहजारको हाराहारीमा लाभान्वित हुने अपेक्षा गरिएको छ ।
पहिचान कार्यक्रम २८ गते पूर्णेश्वर मावि र २९ गते जनक माविमा संचालन हुनेछ । २९ गते कार्यक्रमको समापन गरिने आयोजकले जनाएको छ ।
कार्यक्रममा स्थानीय समाजसेवी युवा प्रकाश थकाली, सामाजिक व्यक्तित्व चोवनाथ लामिछाने, लेखनाथ सुवेदी, रामजी पौडेल, वीरबहादुर नेपाली लगायतको उपस्थिति रहेको थियो ।
समाजका अध्यक्ष राजु पौडेलको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रमको स्वागत कोषाध्यक्ष शर्मिला तिवारीले गरेकी थिइन् भने संचालन सचिव सन्तोष पौडेलले गरेका थिए ।
पहिचान कार्यक्रममा प्र्राविधिक सहयोग जिल्ला अस्पतालका ल्याव टेक्निसियन आशिष नेपाली, पिपलटारी स्वास्थ्य चौकीका प्रमुख रामबहादुर खड्का र सि. अहेव रेखबहादुर नेपालीको टिमले गरिरहेको छ ।

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
Black Friday 2022
spot_img

ताजा खबर

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img