बुधबार, चैत्र ११, २०८२
Wednesday, March 25, 2026
बुधबार, चैत्र ११, २०८२
Wednesday, March 25, 2026

आजै मन्त्रिमण्डल विस्तार गरेर शपथ गर्ने गराउने लक्ष्य छ : प्रधानमन्त्री प्रचण्ड

गते

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले, आजै मन्त्रिपरिषद् विस्तार हुने बताएका छन् । चितवनस्थित भरतपुर विमानस्थलको नयाँ टर्मिनल भवन उद्घाटन गर्दै उनले केही मन्त्रालयबाहेक सबै काम सकिएको भन्दै आजै शपथ गराउने तयारी भैरहेको बताए ।

उनले भने, ‘सकेसम्म यहाँबाट १ बजेसम्म फर्केर जाने र आजै मन्त्रिमण्डल विस्तार गरेर शपथ ग्रहण गराउने मेरो लक्ष्य छ, यदि आज सकिएन भने पनि भोली बिहान होला, काम त हाम्रो सकिएको छ । एक दुई वटा मन्त्रालय मिलाउन बाकि छ, बाँकी टुङ्गिएको छ ।’

नेपालको राजनीतिक स्थायित्वलाई नयाँ गति दिने संकल्पसहित प्रधानमन्त्रीको जिम्मेवारीमा रहेको भन्दै आफ्नो तर्फबाट सिङ्गो राज्यलाई एकताबद्ध गर्ने र विकासको दिशा तर्फ लैजान संकल्प गरेको बताए । उनले भने, ‘नेपालको राजनीतिक स्थायित्वको विकासलाई नयाँ गति दिने, नयाँ सङ्कल्प सहित यो पटक म प्रधानमन्त्रीकै जिम्मेवारीमा छु । मलाई विश्वास छ अव राजनीतिक स्थायित्वले पनि नयाँ आधार प्राप्त गर्नेछ, मेरो चरित्र र विशेषता भनेको सवैलाई मिलाएर जाने नै हो र मेरो तर्फबाट सिङ्गो राज्यलाई एकताबद्ध गर्ने र विकासको दिशा तर्फ लैजान संकल्प गरेको छु ।’

चितवनमा भरतपुर विमानस्थलको नयाँ टर्मिनल भवनको शिलान्यास कार्यक्रममा बोल्दै प्रधानमन्त्री प्रचण्डले भने ‘मैले धेरै भन्न सम्भव भएन । सकेसम्म यहाँबाट १ बजेसम्म फर्कने र आजै मन्त्रिमण्डल विस्तार गरेर शपथग्रहण गराउने मेरो लक्ष्य छ, आज सकिएन भने भोलि बिहान होला। काम त हाम्रो सकिएकै छ।’

सत्ता गठबन्धनको बैठकमा सहभागी भएर बालुटारबाटै हेलिकोप्टरमार्फत चितवन पुगेका प्रचण्डले देशभर नयाँ नर्टिनल भवन निर्माणको कामले तिव्रता पाउने पनि बताए । त्यस्तै नयाँ विमानस्थलमा उडान नियमित गर्ने र प्रभावकारी रुपमा अघि बढाउने विषयमा आवश्यकता अनुसार छिमेकी मुलुकसंग समेत कुरा भइरहेको बताए ।

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
Black Friday 2022
spot_img

ताजा खबर

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img