बिहिबार, चैत्र १२, २०८२
Thursday, March 26, 2026
बिहिबार, चैत्र १२, २०८२
Thursday, March 26, 2026

पर्वतमा बाढीले गाडी बगायो, इन्जिनियरसहित दुईजना बेपत्ता

गते

पर्वत : पर्वतमा सडक निर्माणमा खटिएका इन्जिनियरसहित दुई जना सवार गाडी बाढीले बगाएको छ।

मध्यपहाडी लोकमार्गमा पर्ने सदरमुकाम कुस्मा नगरपालिका दोबिल्लामा रहेको सुन्दरे खोलामा आएको बाढीले गएराति साढे १० बजे गाडी बगाउँदा त्यसमा सबार दुई जना बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक प्रदीप पौडेलले जानकारी दिए।

बाढीले बगाउँदा निर्माण कम्पनी लामा कन्ट्रक्सनको उक्त गाडीमा इन्जिनियर राजाराम आचार्य, गाडीका चालक बेपत्ता भएको पौडेलले जानकारी दिए। बेपत्ता भएको गाडी नम्बर पनि खुलेको छैन।

बाढी पहिरोको कारण अहिले मध्यपहाडी लोकमार्गको पर्वत खण्ड बन्द भएको छ। बाढीले खोला किनारमा रहेका चारवटा पसल पनि पुरेको प्रहरी निरीक्षक पौडेलको भनाइ छ।

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
Black Friday 2022
spot_img

ताजा खबर

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img