काठमाडौं । चितवन क्षेत्र नम्बर २ को उपनिर्वाचनको मतगणना दिउँसो १ बजेदेखि सुरु गर्ने सहमति भएको छ ।आज(सोमवार) बिहान बसेको सर्वदलीय बैठकमा एक बजेदेखि निर्वाचन मतगणना गर्ने सहमति भएको छ । निर्वाचन कार्यालयका अनुसार मतगणना चितवन उद्योग संघको प्रदर्शनी केन्द्रमा हुनेछ ।
चितवन क्षेत्र नम्बर २ मा विवादका कारण आइतवार सर्वदलीय वैठक बस्न सकेको थिएन् । चितवनमा सत्ता गठबन्धनको साझा उम्मेदवारको रुपमा नेपाली कांग्रेसका जितनारायण श्रेष्ठ, रास्वपाका सभापति रवि लामिछाने, नेकपा एमालेका रामप्रसाद न्यौपाने मुख्य प्रतिस्पर्धा हुने देखिएको छ । बिभिन्न दलका २२ उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन् ।



















