काठमाडौं । आज(बुधवार) विश्व बौद्धिक सम्पति दिवस । ‘आईपी एण्ड युथ इनोभेटिङ फर बेटर फ्यूचर’ नाराका साथ विश्वभर यो दिवस मनाइँदैछ । बौद्धिक सम्पति भन्नाले आविष्कार, सहित्य, कला, डिजाइन, गित, संगित लगायतका दिमागी सिर्जन बुझिन्छ । यस्ता सिर्जनालाई कानूनले सुरक्षित गरेको छ । जसलाई प्रतिलिपि अधिकार वा ‘पेटेन्ट राइट’, भनिन्छ ।
यी कानूनले बौद्धिक सम्पतिको सुरक्षा गर्छ । र, सिर्जना गरे वापत सर्जकलाई चीरकालसम्म जीवत बनाउने मात्र नभई आर्थिक लाभ पनि दिलाउँछ । तर, नेपालमा बौद्धिक सम्पति संरक्षणमा कानूनी पक्ष बलियो छैन । संगित रोयल्टी संकलक समाज नेपालका अध्यक्ष तथा संगितकार तथा सुरेश अधिकारीले नेपालमा अब्बल किसिमका कला र कृति सिर्जना भएको तर, संरक्षण गर्ने पक्षमा कानून बलियो नभएको बताए ।
उनले भने,‘नेपालमा पर्याप्त मात्रामा कलकृति सिर्जना भएका छन् । नविन आविष्कार भएका छन् । जसले मानव समाजलाई ठुलो योगदान दिएको छ । तर, त्यसलाई संरक्षण गर्ने कानून बलियो छैन ।’ बौद्धिक सम्तति संरक्षणमा स्रष्टाले गरेका आन्दोलनको पृष्ठभूमी लामो छ । १९औँ शताब्दीको अन्तसम्म आइपुग्दा विश्वमा बौद्धिक सम्पत्तिको अधिकारका बिषयहरु प्रशस्त उठे । तर, सम्वोधन कमै मात्रामा भए । तर, २०औं शताब्दीमा बौद्धिक सम्पति अधिकारका सम्वन्धमा पर्याप्त मात्रा कानून बने । जसले स्रष्टाका सिर्जन संरक्षण गर्ने आधार तयार ग¥यो । नेपालमा पनि बौद्धिक सम्पति संरक्षणका बिषयमा निक्कै बहस उठे । आन्दोलन भए । केही उपलब्धी पनि हासिल भए । तर, ती पर्याप्त नभएको अध्यक्ष अधिकारीले भने ।
उनले भने,‘नेपालमा पनि बौद्धिक सम्पति संरक्षणका बिषयमा पर्याप्त मात्रा संघर्ष भए । केही उपलब्धी हासिल पनि भए । तर, ती पर्याप्त छैनन् । जस्तो हामी कहाँ प्रतिलिपि अधिकार ऐन ०५९ छ । त्यो अत्यन्तै संक्षिप्त छ । यसले प्रतिलिपि अधिकारसँग सम्वन्धित विश्वव्यापी मान्यतालाई समेट्न सकेको छैन । त्यसो हुँदा हामीले गरेको संघर्षको उपलब्धी प्राप्त गर्न पछि परेका छौं ।’
बौद्धिक सम्पति संरक्षण गर्न प्रतिलिपि अधिकार ऐन– ०५९ बाहेक पनि विभिन्न कार्यविधि बनेका छन् । जसमा प्रतिलिपि अधिकार रजिस्ट्रारको कार्यालय, उद्योग विभाग र प्रमुख जिल्ला अधिकारीको प्रत्यक्ष भुमिका रहने गर्छ । तर, यो पर्याप्त नभएको संगितकार अधिकारीको भनाई छ । ऐन संशोधन गर्न माग धेरै अघि उठ्दै आए पनि कार्यन्वयन भने हुन सकेको छैन । अध्यक्ष अधिकारी ऐनले वर्तमान परिस्थितिलाई समेट्न सक्ने अवस्था नभएको बताउँदै यसलाई प्रतिष्थापन नै गरिनु पर्ने बताए ।
उनले भने,‘हामी कहाँ प्रतिलिपि अधिकारी ऐन ०५९ र नियमावली ०६१ छ । तर, यो अत्यन्तै संक्षिप्त भएको हुँदा यसले अहिलेको समस्या संवोधन गर्न सक्दैन । यसलाई प्रतिष्थापन नै गरिनु पर्छ । सोही अनुसार यसको मस्यौदा पनि तयार भएको छ । अहिले यो संस्कृति पर्यटन तथा नागरिक उड्ड्ययन मन्त्रालयमा रहेको जानकारीमा आएको छ । यसलाई दु्रतगतिमा अघि बढाएर कानूनी मान्यता दिनुपर्छ ।’
अध्यक्ष अधिकारीकाअनुसार नेपालमा प्रतिलिपि अधिकार ऐनका सम्वन्धमा नागरिक मात्र नभई कानूनका ज्ञाता समेत अनभिज्ञ रहेको बताए । उनले भने,‘बौद्धिक सम्पति संरक्षणका सन्वन्धनमा विश्वव्यापी जति पनि मान्यता र अध्यासहरु छन् । त्यस बिषयमा नागरिक मात्र होइन, कानूनका ज्ञाता समेत अनभिज्ञ छन् । यस्ता मान्तताहरु अव अध्ययन गरिनुपर्छ । नत्र हामी पछि पर्नेछौं । बौद्धिक सम्पती संरक्षण नहुँदा स्रष्टा सँधै मारमा पर्ने छन् ।’
बौद्धिक सम्पति संरक्षण नहुँदा स्रष्टाका जीवन कष्टका साथ बित्ने गरेको अधिकारीको भनाई छ । प्रतिलिधि अधिकार ऐनले बौद्धिक सम्पति संरक्षण गर्न सके यस्तो समस्या अन्त्य हुने उनले बताए । उनले भने,‘एउटा स्रष्टाले जीवनको महत्वपूर्ण समय सिर्जनमा बिताउँछ । तर, उनको अन्तिम घडी अत्यन्त कष्टका साथ बित्ने गर्छ । यस्ता धेरै उदाहरण हामीसँग छन् । कानूनले यस्तो बिषय सम्वोधन गर्न सके यो समस्या समाधान हुन सक्छन् ।’



















