बुधबार, चैत्र ११, २०८२
Wednesday, March 25, 2026
बुधबार, चैत्र ११, २०८२
Wednesday, March 25, 2026

अत्यधिक रक्तश्राव भएकी सुत्केरीलाई सेनाले बाढीबाट उद्धार गरी पोखरा पठायो

गते

पर्वत : सुत्केरीपछि अत्यधिक रक्तश्राव भएर थप उपचारको लागि पोखरा पठाइएकी सुत्केरी महिला कुस्मा नगरपालिका–८ दोबिल्लाको सुन्दरे खोलामा आएको बाढीका कारण अलपत्र परिन्। मान्छेसहितको गाडी नै बगाएको उक्त बाढीमा पनि नेपाली सेनाले भने आफैँलाई जोखिममा राखेर महिलालाई बाढीबाट तारेर थप उपचारको लागि पोखरा पठाएको छ।

जिल्लाको मोदी गाउँपालिका–२ देउपुर घर भएकी २७ वर्षिया पार्वती गिरीले गए राति साढे ११ बजे पर्वत अस्पतालमा छोरा जन्माइन्। तर, उनको रक्तस्रावको क्रम नरोकिएपछि शरीरमा रगतको कमीले तलमाथि हुन सक्ने भन्दै पर्वत अस्पतालले थप उपचारको लागि पोखरा पठायो।

उनी सवार ग१ज १८८५ नम्बरको ट्याक्सी भने सुन्दरे खोला तरेर पोखरा प्रस्थान गर्न सक्ने अवस्था नै थिएन। गए राति साढे १० बजेदेखि निरन्तर भइरहेको वर्षाका कारण सुन्दरे खोलामा आएको बाढीले इन्जिनियर र चालक रहेको गाडी नै बगायो। खोला छेउमा रहेका पाँच वटा टहरा पुर्‍यो भने मध्यपहाडी लोकमार्गको दोबिल्लामा गेगर, रुख र चट्टानले सडक पुर्ने तथा कटान गरेर लगेका कारण सवारी गए रातिदेखि नै अलपत्र अवस्थामा छन्।

गिरीलाई लगिएको ट्याक्सी करिब सात बजे दोबिल्लामा पुगेको थियो। उनको रक्तश्रावको अवस्था उस्तै थियो तर बाढी पार गर्न सक्ने अवस्था थिएन। उनको त्यो अवस्था देखेपछि नेपाली सेनाको केबलजंग गुल्म सह सेनानी प्रवीण धितालको कमान्डमा पहिरोस्थलमा खटिएको टोलीले सशस्त्र प्रहरी र नेपाल प्रहरी समेतको सहयोगमा जोखिमै मोलेर बाढीबाट तारेर पोखरा पठाइएको हो।

सह सेनानी धितालले ठूलो बाढी आइरहेकै बेलामा पनि काठहरू राखेर अस्थायी पुल बनाएर उनको सफल उद्धार गरिएको धितालले बताए।

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
Black Friday 2022
spot_img

ताजा खबर

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img