बुधबार, चैत्र ११, २०८२
Wednesday, March 25, 2026
बुधबार, चैत्र ११, २०८२
Wednesday, March 25, 2026

हेमन्त मल्लले गरे अध्यक्षमा उम्मेदवारी घोषणा

गते

पुनम बसेल
पर्वत । आसन्न गैरआवासीय नेपाली संघ न्यूयोर्क च्याप्टरको अध्यक्ष पदका लागि पर्वतका हेमन्त मल्ल प्यानलसहित आफ्नो उमेदवारी घोषणा गरेका छन् ।

पर्वतको मोदी गाउँपालिका–५ बाजुङ्गमा जन्मिएर हाल अमेरिकाको न्यूयोर्कलाई आफ्नो कर्मथलो बनाउँदै आएका मल्लले आसन्न गैरआवासीय नेपाली संघ न्यूयोर्क च्याप्टरको अध्यक्ष पदका लागि प्यानल सहित उम्मेदवारी घोषणा गरेका हुन् ।

मल्लको प्यानलबाट महिला उपाध्याक्षका लागि ज्ञानकुमारी थापा, सचिवमा रेशमजंग शाह, महिला सचिवमा गीता अधिकारी, युवा संयोजकमा दिलिप लामिछाने रहेका छन् भने कोषध्याक्षमा देवेन्द्र कुमार लामाको उम्मेदवारी रहेको छ ।
त्यसैगरी उनको प्यानलबाट सदस्यहरुमा विशाल रेग्मी, अनिल खत्री, अनमोल वहादुर रोकाले उम्मेदवारी घोषणा गरेका छन् ।

अध्यक्ष पदका उम्मेदवार मल्लले आफ्नो उमेदवारी घोषणा गदै आफू निर्वाचनमा विजयी भएमा गर्ने कार्यसूची सतिको प्रतिवद्धता समेत सार्वजनिक गरेका छन् । उनले आफू निर्वाचित भएमा सम्पूर्ण नेपालीहरुको हक हित सँगै नेपालको समृद्धिको पक्षमा काम गर्ने बताउँदै एनआरएनए न्यूयोर्क च्याप्टरको आफ्नै कार्यालय स्थापना गर्नेदेखि न्यूयोर्कमा बस्ने हरेक नेपालीको लागि २४ सै घण्टा हेल्प डेस्क सन्चालन गर्ने, नेपालमा दोहोरो नागरिकता प्रणली लागू गर्न आवाज उठाउने, नेपाली भाषा, कला र संस्कृति जगेर्ना गर्ने विदेशी भूमीमा जन्मेका बच्चाका लागि कक्षा संचालन गर्ने जनाएका छन् । त्यसैगरी उनले न्यूयोर्क च्याप्टरमा देखिएको आर्थिक अपारदर्शितालाई पारदर्शी बनाउने तथा नेपाल र नेपाली मा आईपर्ने हरेक किसिमका समस्यामा सहयोग गर्नका लागि कम्तीमा ३० हजार डलर बरावरको रहात कोष सञ्चालनमा ल्याउने जस्ता प्रतिवद्धता समेत सार्वजनिक गरेका छन् ।
मल्ल अध्यक्षका बलिया उमेदवारको रुपमा हेरिएको छ ।

 

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
Black Friday 2022
spot_img

ताजा खबर

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img