पर्वत । विभिन्न सामाजिक तथा शैक्षिक क्षेत्रमा क्रियाशील पूर्णेश्वर भूपू विद्यार्थी समाजले हरितालिका तीजको अवसरमा असोज १ गते विभिन्न प्रतियोगिता सहित प्रथम तिज मेला २०८० सम्पन्न गरेको छ ।
कुश्मा नगरपालिकाका उपप्रमुख स्वास्थानी रिजालले पानसमा दीप प्रज्वलन गरेर मेलाको समुद्घाटन गरेकी थिइन् ।
मेलामा नेवा समुदायको संस्कृति झल्काउने लाखे नाच, नागा नाच, छेलो, म्युजिकल चियर, जोडी दौड र खुल्ला तीज गीत प्रतियोगिताको लगायतका प्रतियोगिताहरु आयोजना गरिएको थियो भने ३३ वर्षपछि पहिलो पटक कृषि प्रदर्शनीको आयोजना समेत गरिएको थियो ।
स्थानीय सामाजिक व्यक्तित्व गणेश शर्मा पौडेलले दशर्कौं अघि यस क्षेत्रमा कृषकहरुलाई प्रोत्साहन गर्न कृषि प्रदर्शनीको आयोजना गर्ने गरेका थिए ।

लाखे नाच र नागानाच नेवा सांस्कृतिक समूह कुश्मा ५ ले प्रदर्शन गरेको थियो । व्यानर सहित कार्यक्रममा सहभागी नेवा सांस्कृतिक समूहको प्रस्तुती हेर्न दर्शकहरु झुम्मिएका थिए । नेवा समुदायद्धारा प्रस्तुत नाचलाई मन पराएर कुश्मा नगरपालिकाका उपप्रमुख स्वस्थानी रिजालद्धारा दश हजार आर्थिक सहयोग प्रदान गर्नुभएको थियो भने भूपू विद्यार्थी समाजले पाँच हजार सहयोग प्रदान गरेको थियो । उक्त नाचलाई अन्य व्यक्तिबाट समेत सहयोग प्राप्त भएको थियो ।
त्यसैगरी खुल्ला तीज गीत प्रतियोगितामा कूल १२ समूहले भाग लिएका थिए । जसमा नमुना पिपलटारी महिला बचत तथा ऋण सहकारी संस्था, कुश्माले प्रथम स्थान हासिल गरेको थियो भने पूर्णेश्वर माविले द्धितीय स्थान प्राप्त गरेको थियो । यसैगरी प्रगति समूह, कुश्मा तेश्रो स्थान हासिल गर्न सफल भएको थियो भने सान्त्वना स्थान मिलिजुली दिदीबहिनी समूह र आईवबल एकेडेमी कटुवाचौपारीले प्राप्त गरेका थिए । उक्त प्रतियोगितामा प्रथमलाई १० हजार, द्धितीयलाई ७ हजार, तृतीयलाई ४ हजार र सान्त्वना हुने समूहलाई १५ सय, १५ सय रुपैया तथा प्रमाण पत्र प्रदान गरिएको थियो ।
यस्तै छेलो प्रतियोगितामा जम्मा १८ जनाले भाग लिएका थिए । जसमा कुश्मा १० तमादीका सदिप नेपाली प्रथम भएका छन् । उनले ९ मि. ३१ सिएम दुरी छेलो फाल्न सफल भएका थिए ।
मेलामा विद्यार्थीहरुका लािग म्युजिकल चियर प्रतियोगिता संचालन भएको थियो । जसमा प्रथम जनक माविका विद्यार्थी सागर पौडेल, द्धितीय सार्वजनिक माविका विद्यार्थी प्रिती चौधरी र तृतीय सोही विद्यालयकै समिर सुनार भएका थिए ।
यसैगरी मेलामा आकर्षणको रुपमा रहेको कृषि प्रदर्शनीको पशुतर्फ जमुनापारी क्रस बोका प्रर्शन गरेका विष्णुप्रसाद अधिकारी प्रथम, २१ महिने लोकर पाडी प्रदर्शन गरेका रामप्रसाद तिवारी द्वितीय र पप जातको कुकुर प्रदर्शन गरेका दुर्गा नेपालीले तृतीय प्राप्त गरेका थिए ।
त्यसैगरी पंक्षीतर्फ कडकनाथ भाले कुखुरा प्रदर्शन गरेका सचिन सुवेदी प्रथम भएका थिए । फलफूलतर्फ फुर्से केरा प्रदर्शन गरेका विष्णुकुमारी शर्मा प्रथम, एकै झेप्पामा ६ वटा निवुवा प्रदर्शन गरेका तिला कुमारी शर्मा द्धितीय, अर्गानिक कफि प्रदर्शन गरेका दुर्गादत्त पौडेल तृतीय भएका थिए । त्यसैगरी स्थानीय जातको अम्बा प्रदर्शन गरेबापत देवेन्द्र सार्की सान्त्वना भएका थिए ।
यस्तै तरकारी तथा अन्नबालीतर्फ घिरौंला प्रदर्शन गरेका वसन्त पौडेल प्रथम, ३ प्वाइन्ट ६ केजीको लोकल लौका प्रदर्शन गरेका चुडामणी खनाल द्धितीय र लोकल अदुवा प्रदर्शन गरेका रामचन्द्र पौडेल ततीय साथै दुधे कर्कलो प्रर्शन गरेका विष्णु पौडेलले सान्त्वना स्थान प्राप्त गरेका थिए ।
मेलामा आयोजना गरिएको जोडी दौड प्रतियोगितामा ५ समूह सम्पर्कमा रहेर ३ समूहले नाम दर्ता गराएको भएपनि अन्तिममा कुनै पनि समूहले प्रतियोगितामा भाग लिएका थिएनन् ।
उद्घाटन कार्यक्रममा नगर उपप्रमुख, प्रमुख अतिथि रिजालले विद्यार्थी समाजले शैक्षिक क्षेत्रका अतिरिक्त यस क्षेत्रको सामाजिक, परोपकारी तथा सांस्कृतिक पक्षको उन्नयनका लागि काम गरेकोमा खुसी लागेको बताउँदै समाजका हरेक कार्य प्ररणादायी भएको बताउनुभयो । उहाँले समाजले आगामी दिन अझै उत्कृष्ट कार्य गर्दै अगाडि बढ्न र नगरपालिकासँग हातेमालो गरी अघि बढ्न आफू तयार रहेको बताइन् ।
त्यसैगरी कार्यक्रममा समाजका प्रमुख संरक्षक गणेश शर्मा पौडेलले मेलाले यस क्षेत्रको पहिचान बढाएको भन्दै समाजले शैक्षिक, सामाजिक र सांस्कृतिक सबै पक्षको विकासमा टेवा पुर्याएकोमा धन्यवाद दिएका थिए । उनले आफूले कृषि क्षेत्रको विकासका लागि दशकौं पहिला प्रदर्शनी आयोजना गर्ने गरेको भएपनि निरन्रता नपाइरहेको अवस्थामा भूपू समाजले यस कार्यलाई प्राथमिकता दिएर मेला आयोजना गरेकोमा खुसी व्यक्त गरे ।
यस्तै तत्कालीन पिपलटारीका जनपक्षीय प्रधानपञ्च तथा सामाजिक, राजनीतिक व्यक्तित्व मेघनाथ सुवेदीले कार्यक्रमले पिपलटारीको ऐतिहासिक महत्व उजागर गरेको भन्दै भोलिका दिनमा यस्ता कार्यक्रमहरुले निरन्तरता पाउनुपर्नेमा जोड दिए ।
त्यसैगरी कार्यक्रममा कुश्मा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद तिवारीले भूपू समाजले गरेको कार्यको प्रशंसा गर्दै संस्कृति जगेर्नाको क्षेत्रमा यो कार्यक्रम उपलब्धीमूलक रहेको बताए । उनले समाजसँग मिलेर काम गर्न कुश्मा नगरपालिका सधैं तयार रहेको भन्दै आगामी दिनमा सँगै हातेमालो गर्ने बताए ।
सोही अवसरमा कुश्मा नगरपालिका वडा नं. १० का अध्यक्ष रामचन्द्र सुवेदीले भूपू समाजले आयोजना गरेका हरेक कार्यक्रम अर्थपूर्ण रहेको बताउँदै कृषि प्रदर्शनीले ३३ वर्षपछि निरन्तरता पाएको बताए । उनले समाजले गर्दै आएका सबैखाले कार्यक्रममा वडा सँगै रहेको प्रतिवद्धता व्यक्त गरे ।
कार्यक्रममा कुश्मा १० का तिवर्तमान वडा अध्यक्ष सुजन विकले भूपू समाजले आयोजना गरेको कार्यक्रम उपलब्धीमूलक रहेको र यसलाई निरन्रता दिन सबै क्षेत्रको सहयोग अपरिहार्य रहेको बताए ।
कार्यक्रममा कुश्मा न.पा. वडा नं. ६ का अध्यक्ष तथा सामाजिक किकास शाखा प्रमुख ईश्वर गिरी, वडा नं. ९ का अध्यक्ष राम शर्मा लामिछाने, वडा नं. ११ का अध्यक्ष बाबुराम पौडेल, शिवालय क्याम्पसका पूर्व प्राचार्य डा. चुडामणी शर्मा, पूर्व विद्यार्थी, सामाजिक व्यक्तित्व शिव शर्मा अघिकारी, कुश्मा न.पा.का पूर्व कार्यपालिका सदस्य देवेन्द्र बहादुर नेपाली, पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष गोपी अधिकारी, पूर्व अध्यक्ष हरिओम शर्मा लामिछाने, पूर्व अध्यक्ष मिनप्रसाद श्रेष्ठ, बरिष्ठ उपाध्यक्ष ठाकुर वि. पौडेल, उपाध्यक्ष कमल जिसी, फेकोफन गण्डकी प्रदेश उपाध्यक्ष किशोर सापकोटा, रेडियो शालिग्रामका स्टेशन म्यानेजर गोविन्द अधिकारी, नेकपा एमाले कुश्मा १०का अध्यक्ष रामचन्द्र सुवेदी, नेकपा माओवादी केन्द्र वडा १० का अध्यक्ष कृष्णप्रसाद सुवेदी (राजु), कुश्मा नपाका पशु शाखा प्रमुख डा. रुपक कंडेल, वडा नं. कार्यसमिति सदस्य डमरु लामिछाने, फणिन्द्र पौडेल, विन्दु थकाली जिसी, खिमा नेपाली, १० नं. वडा सचिव नाराण लामिछाने, पिपलटारी स्वास्थ्य चौकी प्रमुख राम खड्का, माृत संस्थाका प्रअ नारायण अर्याल, पूर्व विद्यार्थीहरु, छिमेकी विद्यालयका प्रअ, प्रतिनिधि टेकनाथ अधिकारी, चन्द्रशेखर उपाध्याय, विमल पौडेल, केशव पौडेल, मिना सुवेदी, देवी शर्मा, त्रिलोचन सुवेदी, स्थानीय शोभाखर खनाल, भिमराज सापकोटा, दिवाकर तिवारी, पूर्व अध्यक्ष अरुण पौडेल लगायत कुश्मा १०, ११, १२, ९ का मानिसहरुको व्यापक उपस्थिति रहेको थियो ।
कार्यक्रममा जीवन दाहाल, माया केसी, प्रकाश सुनार, सौगात नेपाली र विचित्र हाँस्य टेलिश्रृंखलका कलाकारहरु रेशम नेपाली पोके र कृष्ण पौडेल फतुरेको प्रस्तुती रहेको थियो ।
तीज गीत प्रतियोगितामा जीवन दाहाल, किशोर मन्सवी र माया केसीले मूल्यांनकर्ताको भूमिका निर्वाह गरेका थिए ।
पूर्णेश्वर भुपु विद्यार्थी समाजका अध्यक्ष राजु पौडेलको अध्यक्षतामा सम्पन्न सो मेलाको स्वागत उपाध्यक्ष विनय शर्मा चापागाई र संचालन सचिव सन्तोष पौडेलले गरेका थिए ।
























