बुधबार, चैत्र ११, २०८२
Wednesday, March 25, 2026
बुधबार, चैत्र ११, २०८२
Wednesday, March 25, 2026

टी-२० विश्वकप छनोटका लागि नेपाली टोलीको घोषणा, समेटिए सन्दिप

गते

काठमाडौँ । आइसीसी टी-२० विश्वकप एसिया क्षेत्र छनोट खेलका लागि नेपाली टिमको घोषणा भएको छ। नेपाल क्रिकेट सङ्घ (क्यान)ले टि-२० विश्वकप छनोट खेल्ने १५ सदस्यीय नेपाली टिम घोषणा गरेको हो।

अन्तिम १५ मा लेग स्पिनर सन्दीप लामिछानेलाई समेटिएकाे छ भने स्पिनर सूर्य तामाङ, श्याम ढकाल, सागर ढकाल र युवा ब्याटर लोकेश बम बाहिरिएका छन् । यसअघि परिवारलाइ समय दिने भन्दै लामिछानेले त्रिकोणात्मक टी-२० आई सिरिज खेलेका थिएनन्।

आइसिसी टि२० विश्वकप एसिया क्षेत्र छनोट कार्तिक १३ देखि २० गते सम्म मुलपानी र टियु क्रिकेट मैदानमा हुनेछ । ८ देश सहभागी हुने खेलमा २ समूह बनाइएको छ। नेपाल समूह ‘ए’ मा छ। नेपालको समूहमा मलेसिया, ओमन र सिंगापुर छ। समूह ए का सबै खेल कीर्तिपुरस्थित त्रिवि मैदानमा हुनेछ।

समूह बी मा युएई, बहराइन, हङकङ र कुवेत छन् । फाइनलमा पुग्ने दुई टोलीले आगमी वर्ष अमेरिका र वेस्टइन्डिजमा हुने टि२० विश्वकप खेल्न पाउनेछन् ।

नेपाली टाेलीमा रोहित पौडेल (कप्तान), कुशल भुर्तेल, आसिफ शेख, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, सन्दीप जोरा, गुलशन झा, सोमपाल कामी, करण केसी, अभिनाश बोहरा, प्रतिश जि।सी, विवेक यादव, सन्दीप लामिछाने, ललित राजवंशी र विनोद भण्डारी रहेका छन् ।

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
Black Friday 2022
spot_img

ताजा खबर

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img