बुधबार, चैत्र ११, २०८२
Wednesday, March 25, 2026
बुधबार, चैत्र ११, २०८२
Wednesday, March 25, 2026

हमासमाथिको बर्बरता रोक्न गुटरेसको आह्वान

गते

काठमाडौं : संयुक्त राष्ट्र संघका महासचिव एन्टेनियो गुटरेसले गाजामाथिको बर्बरता रोक्न माग गरेका छन्। उनले इजरायलले जारी राखेको आक्रमणले ठूलो संख्यामा निर्दोश मानिसहरु मरिरहेको भन्दै गाजालाई बर्बता र भयावह विध्वंशबाट बाहिर निकाल्न आह्वान गरे।

न्यूयोर्कमा पत्रकार सम्मेलन गरी गुटेरेसले तत्काल कदम चाल्न अन्तर्राष्ट्रिय समुदायलाई आह्वान गरे। राष्ट्र संघीय एजेन्सीहरुले गाजामा बसोबास गर्ने २७ लाख मानिसलाई मानवीय सहायता पु¥याउन १ दशमलब २ अर्ब अमेरिकी डलर सहयोगको अपिलसमेत गरेका छन्। ​

गुटेरेसले सात अक्टोबरमा हमासले घृणित आक्रमण गरेको दोहोर्‍याउँदै यसको बदलामा निर्दोषहरुका ज्यान लिन नपाइने बताए।  यसैबीच इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले गाजापट्टीको सुरक्षाको जिम्मेवारी आफूहरुले लिने बताए। एक अमेरिकी टेलिभिजनसँगको कुराकानीमा उहाँले हमासविरुद्धको कारबाही सम्पन्न गरेपछि त्यहाँको सुरक्षाको जिम्मा इजरायलले लिने बताए। उनले मानवीय सहयोगका लागि यसअघि पनि केही समय आक्रमण रोकेको भन्दै त्यसो गर्न आफूहरु अझै पनि तयार रहेको बताए।

इजरायलले हमासलाई समाप्त नपारेसम्म युद्धविराम नगर्ने यसअघि बताउँदै आएको थियो। इजरायलको जारी आक्रमणमा गाजापट्टीमा १० हजार बढीको मृत्यु भइसकेको छ।

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
Black Friday 2022
spot_img

ताजा खबर

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img