पर्वत । पार्टीका नेता तथा कार्यकर्ताहरुमा पठन संस्कृति हराउँदै गएका बेला नेकपा एमाले पर्वतले पठन संकृतिको जगेर्ना गर्न भन्दै पुस्तक संकलन अभियानको थालनी गरेको छ ।
एमाले पर्वतले कुश्मा ६ मा रहेको जिल्ला पार्टी कार्यालय भवनको तेश्रो तलामा मदन स्मृति पुस्तकालय स्थापना गर्न लागेको हो ।
पार्टीभित्र पठन र लेखन संस्कृतिको विकास गर्न आफूले पुस्तकालय स्थापना गर्न सबै पक्षसँग सहयोग मागेको नेकपा एमाले पर्वतको अध्यक्ष गोविन्द पहाडीले बताए । उनले पछिल्ला दिनहरुमा पुस्तक अध्ययन नगर्दा पार्टी कार्यकर्ताहरु भुत्ते हुँदै गएको र नयाँ कुरा बुझ्न र जान्न कठिन भएको महसुस गरी नेता तथा कार्यकर्ताह्ररुलाई पठन र लेखन संकृतिमा अभिरुची जगाउन पनि पुस्तकालय स्थापना गर्न शुरु गरिएको जानकारी दिए ।
एमाले पर्वतले अघि सारेको पुस्तक संकलन अभियानमा जिल्ला भित्रका व्यक्ति, संघसंस्था तथा पोखरा, काठमाडौंबाट व्यक्तिगत तथा संस्थागत सहयोग गर्ने प्रतिवद्धताहरु प्राप्त भइरहेको नेकपा एमाले पर्वतले जनाएको छ ।
यसैक्रममा पुस्तक संकलन अभियान सकारात्मक रहेको भन्दै पर्वत जिल्लाको जेठो साहित्यिक संस्था पर्वत साहित्य संगमले विभिन्न विधाका कुल पाँचसय ४४ थान पुस्तक पुस्तकालयलाई उपलब्ध गराएको छ ।
संस्थाका अध्यक्ष खेमराज शर्मा चापागाई, संस्थापक अध्यक्ष ईन्द्रकुमार विकल्प, पूर्व अध्यक्षहरु ईन्द्रमान खत्री र राजेन्द्र पहाडी लगायतले उक्त पुस्तकहरु हिजो एक कार्यक्रममका ब्रीच हस्तान्तण गरेका हुन् । पर्वत साहित्य संगमले नेपाली साहित्यका ३०२, शिक्षा र गणितका ६, यात्रा/नियात्राका १०, विचार/विकासका ४, ईतिहास का १०, कानूनका ५, अर्थशास्त्रका ८, कालीको सुसेली ७२, धर्म संस्कृति सम्बनधी ३, राजनीति सम्बन्धी १४, शब्द संयोजन सम्बन्धी ३८, मनोविज्ञान सम्बन्धी २, जनमत ७, लेखा÷बजार शास्त्र ८, अंग्रेजी साहित्य ४, सामान्य ज्ञान ६ र विभिन्न कोर्सका २९ पुस्तक हस्तान्तरण गरेको हो ।
यसैगरी लेखक तथा साहित्यकार पर्वत साहित्य संगमका पूर्व अध्यक्ष राजेन्द्र पहाडीले व्यक्तिगत १३ थान पुस्तक समेत उपलब्ध गराएका छन् भने अनेरास्ववियु निकट कुश्माका मनोज पुरीले समेत पुस्तकालयलाई केही थान पुस्तक उपलब्ध गराएको नेकपा एमाले पार्टी कार्यालय पर्वतले जनाएको छ ।
पठन संस्कृतिको विकास गर्न एमाले पर्वतले थाल्यो पुस्तक संकलन अभियान
गते



















