आइतवार, चैत्र ८, २०८२
Sunday, March 22, 2026
आइतवार, चैत्र ८, २०८२
Sunday, March 22, 2026

१३ करोड ८० लाख बालबालिका अझै श्रममा, सन् २०२५ को उन्मूलन लक्ष्य अधुरै

गते

काठमाडौँ — अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) र संयुक्त राष्ट्रसंघीय बालकोष (युनिसेफ) ले सन् २०२४ मा विश्वभर झन्डै १३ करोड ८० लाख बालबालिका बाल श्रममा संलग्न रहेको प्रतिवेदन बुधबार सार्वजनिक गरेका छन् । जसमध्ये ५ करोड ४० लाखभन्दा बढी बालबालिका स्वास्थ्य, सुरक्षा वा मानसिक विकासमा गम्भीर असर पार्ने जोखिमयुक्त काममा संलग्न रहेको उल्लेख छ ।

सन् २०२० यता २ करोड २० लाख बालबालिका बाल श्रमबाट मुक्त भए पनि सन् २०२५ सम्म बाल श्रमको पूर्ण उन्मूलन गर्ने विश्व लक्ष्य भने अधुरै रहेको प्रतिवेदनको निष्कर्ष छ ।

‘बाल श्रम : विश्वव्यापी अनुमान २०२४, प्रवृत्तिहरू र भावी बाटो’ नामक प्रतिवेदन विश्व बाल श्रम विरोधी दिवस (जुन १२) को पूर्वसन्ध्यामा सार्वजनिक गरिएको हो । प्रतिवेदनले केही उपलब्धि भए पनि बालबालिकाको अधिकार अझै गुमिरहेको यथार्थ उजागर गरेको छ । ‘बालबालिकाको स्थान विद्यालय हो, श्रम होइन । अभिभावकलाई मर्यादित रोजगार बिना बाल श्रम अन्त्य गर्न सकिँदैन,’ आईएलओका महानिर्देशक गिल्बर्ट एफ. हाउंग्बोको भनाइ छ।

सबैभन्दा बढी बालश्रम कृषि क्षेत्रमा

प्रतिवेदनको तथ्यांकअनुसार बाल श्रमको ६१ प्रतिशत कृषि क्षेत्रमा रहेको छ। त्यसपछि सेवा क्षेत्र (२७ प्रतिशत) र उद्योग (१३ प्रतिशत) मा बालबालिका कार्यरत देखिन्छन् । सबैभन्दा ठूलो प्रगति एसिया र प्रशान्त क्षेत्रमा देखिएको छ, जहाँ सन् २०२० मा ४ करोड ९० लाख बाल श्रमिक थिए भने हाल २ करोड ८० लाखमा झरेका छन् । ल्याटिन अमेरिका र क्यारेबियन क्षेत्रमा पनि ११ प्रतिशतले कुल संख्या घटेको छ। तर, उप-सहारा अफ्रिका अझै सबैभन्दा बढी प्रभावित देखिन्छ। त्यहाँ झन्डै ८ करोड ७० लाख बालबालिका बाल श्रममा संलग्न छन् । जनसंख्या वृद्धिका कारण कुल संख्या स्थिर रहेको छ ।

शिक्षा र सामाजिक सुरक्षा संकटमा

युनिसेफका कार्यकारी निर्देशक क्याथरिन रस्सेलले बालबालिकाले खानी, कारखाना वा खेतबारीमा होइन, विद्यालय र खेलमैदानमा समय बिताउनुपर्ने बताएकी छन् । ‘सामाजिक सुरक्षा र शिक्षामा लगानी नहुँदा बालबालिका श्रममा धकेलिन्छन्,’ उनको भनाइ छ ।

सम्भावित विश्वव्यापी आर्थिक संकटसँगै शिक्षा, सामाजिक सुरक्षा र जीविकोपार्जनमा लगानी कटौती हुँदा बाल श्रममा पुनः वृद्धि हुने चेतावनी प्रतिवेदनमा दिइएको छ । प्रतिवेदनले गरिबी, गुणस्तरीय शिक्षाको अभाव र सामाजिक सुरक्षाको कमी बाल श्रमका मुख्य कारण रहेको उल्लेख गरेको छ ।

‘बाल श्रमले शिक्षा, स्वास्थ्य र भविष्यमा नकारात्मक प्रभाव पार्दछ । बालकहरू बालिकाको तुलनामा श्रममा बढी छन्, तर साप्ताहिक २१ घण्टाभन्दा बढीको घरेलु काम समावेश गर्दा बालिकाहरू बढी जोखिममा देखिन्छन्,’ प्रतिवेदनमा उल्लेख छ ।

आईएलओ र युनिसेफको पाँच सुझाव

आईएलओ र युनिसेफले बाल श्रम उन्मूलनका लागि सामाजिक सुरक्षा प्रणालीमा लगानी गरी बाल भत्ताको व्यवस्था गर्न सरकारलाई आग्रह गरेका छन् । ‘बाल संरक्षण प्रणाली सुदृढ गरी जोखिममा परेका बालबालिकाको पहिचान र पुन:स्थापना गर्नुपर्छ । ग्रामीण तथा संकटग्रस्त क्षेत्रमा गुणस्तरीय शिक्षाको पहुँच सुनिश्चित हुनुपर्छ । वयस्क र युवाका लागि मर्यादित रोजगारी सुनिश्चित गर्नुपर्छ,’ प्रतिवेदनमा भनिएको छ, ‘कानुनको कार्यान्वयन र व्यवसायको उत्तरदायित्व सुनिश्चित गर्दै आपूर्ति शृंखलाबाट बाल श्रम हटाउनुपर्छ ।’ कान्तिपुरमा समाचार छ ।

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
Black Friday 2022
spot_img

ताजा खबर

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img