बुधबार, चैत्र ११, २०८२
Wednesday, March 25, 2026
बुधबार, चैत्र ११, २०८२
Wednesday, March 25, 2026

बोल्सोनारोमाथि मुद्दा चलाएको ब्राजिलमाथि ट्रम्पले लगाए ५० प्रतिशत भन्सार

गते

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ब्राजिलमाथि पनि ५० प्रतिशत भन्सार लगाउने घोषणा गरेका छन्।

उनको घोषणासँगै बुधबार अमेरिका र ब्राजिलबीचको व्यापार युद्ध सुरू भएको ‘द न्यूयोर्क टाइम्स’ ले जनाएको छ।

ट्रम्पले ब्राजिलका राष्ट्रपति लुला दा सिल्भालाई पत्र लेख्दै अगस्ट १ देखि ५० प्रतिशत भन्सार लागु हुने उल्लेख गरेका छन्।

ब्राजिलका पूर्वराष्ट्रपति जाइर बोल्सोनारो र ट्रम्प मित्र हुन्। उक्त पत्रमा ट्रम्पले पूर्वराष्ट्रपति बोल्सोनारोमाथि गरिएको व्यवहार अन्तर्राष्ट्रिय अपमान भएको उल्लेख गरेका छन्।

‘अमेरिकासहित विश्वभरि नै सम्मानित पूर्वराष्ट्रपति बोल्सोनारोमाथि ब्राजिलले अपमानको व्यवहार गरेको छ,’ ट्रम्पले भनेका छन्।

कूको प्रयास गरेको अभियोगमा अहिले बोल्सोनारो मुद्दा खेपिरहेका छन्। सन् २०२२ को निर्वाचनमा बोल्सोनारो लुलासँग पराजित भएका थिए।

ट्रम्पले जस्तै राष्ट्रपतिबाट पराजित भएपछि बोल्सोनारोले इलेक्ट्रोनिक भोटिङ मेसिनमा समस्या आएकाले त्रुटि भएको दाबी गरेका थिए। लुलासँग पराजित भएपछि बोल्सोनारोले चुनावमा धाँधली भएको आरोप लगाएका थिए।

ट्रम्पले बोलेको केही घण्टापछि लुलाले पनि बोल्दै भन्सारविरूद्ध प्रतिवाद गर्ने बताएका थिए।

‘कुनै पनि निकायबाट प्रभावित नहुने स्वतन्त्र संस्थाहरू रहेको ब्राजिल एक सार्वभौम देश हो। बोल्सोनारोविरूद्धको मुद्दा ब्राजिलियन न्यायपालिकाको जिम्मेवारीभित्र पर्छ,’ उनले जारी गरेको वक्तव्यमा उल्लेख छ।

द न्यूयोर्क टाइम्सका अनुसार ब्राजिलले चीनपछि अमेरिकासँग सबैभन्दा धेरै व्यापार गर्ने गरेको छ। ट्रम्पले बोल्सोनारोमाथि लगाइएको अभियोग हटाए भन्सार पनि हटाउने बताएका हुन्।

ट्रम्पले सोमबार पनि बोल्सोनारोमाथि आफूविरूद्ध जस्तै अभियोग लगाइएको भनेर सार्वजनिक रूपमै टिप्पणी गरेका थिए।

‘यो मलाई पनि भएको छ, १० पटक,’ मुद्दा लगाउने प्रमुख जिम्मेवार लुला बताउँदै ट्रम्पले सामाजिक सञ्जालमा लेखेका थिए, ‘उनलाई नजिकबाट हेरिरहनेछु।’

लुलाले पनि तत्कालै पत्रकारहरूसँग कुराकानी गर्दै भनेका थिए, ‘अरूलाई सामाजिक सञ्जालमा धम्क्याउनु एकदमै गलत र एकदमै गैरजिम्मेवार हो भन्ने मलाई लाग्छ। उनले विश्व परिवर्तन भइसकेको थाहा पाउन जरूरी छ।’

ब्राजिलको सर्वोच्च अदालतले बोल्सोनारोलाई कू गर्न खोजेको अभियोगमा दोषी ठहर गरी कैद सजाय सुनाउन सक्ने अनुमान समेत गरिएको छ।

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
Black Friday 2022
spot_img

ताजा खबर

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img