बुधबार, चैत्र ११, २०८२
Wednesday, March 25, 2026
बुधबार, चैत्र ११, २०८२
Wednesday, March 25, 2026

अब टेलिकम कम्पनी बाहेककाले सार्वजनिक स्थानमा दिइरहेको वाइफाई बन्द हुने

गते

अब सार्वजनिक स्थानको वाइफाइ बन्द हुने भएको छ।

नेपाल दूरसञ्चार प्राधिकरणले वाइफाई हटस्पट सञ्चालन विनियमावली २०७५लाई संशोधन गर्दै यस्तो व्यवस्था गरेको छ।

प्राधिकरणले दूरसञ्चार सेवा, मोबाइल टेलिफोन सेवा वा आधारभूत टेलिफोन सेवाबाहेकका अन्य संस्थाले सार्वजनिक स्थानमा दिइरहेको वाइफाई बन्द गर्नुपर्ने गरी विनियमावली संशोधन गरेको हो।

अन्यले ‘निश्चित क्षेत्र वा परिधि’ भित्र भने वाइफाई सञ्चालन गर्न पाउनेछन्।

यस्ता संस्थाले कुनै भवन वा सो भवनले ओगटेको घर कम्पाउण्ड, बसपार्क, विमानस्थल, अस्पताल, रेस्टुरेन्ट, सपिङमल, उद्यान, बगैंचा आदि सार्वजनिक स्थलले ओगटेको निश्चित क्षेत्रफल भएको स्थानमा वाइफाई सञ्चालन गर्न पाउँनेछन्।

त्यस्तै, यस्ता संस्थाले एक पटकमा निश्चित समयावधिको लागि वा निश्चित मात्रामा मात्र सार्वजनिक स्थानमा वाइफाई हटस्पट स्थापना गर्न सक्ने व्यवस्थामा भने रोक लगाएको छैन।

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
Black Friday 2022
spot_img

ताजा खबर

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img