बुधबार, साउन १३, २०८३
Wednesday, July 29, 2026
बुधबार, साउन १३, २०८३
Wednesday, July 29, 2026

एमाले सचिवालय बैठक आज, ओलीलाई अध्यक्ष छाड्न बढ्दैछ दबाब

गते

नेकपा (एमाले) सचिवालय बैठक आइतबार दिउँसो बस्दैछ। पार्टी प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार सचिवालय बैठक दिउँसो १ बजे अध्यक्ष केपी शर्मा ओलीनिवास गुण्डुमा बोलाइएको छ।

आजको बैठकमा भदौ २३ र २४ गतेको आन्दोेलनको गम्भीर समीक्षा हुने एमालेका नेताहरूले बताएका छन्। जेन–जी विद्रोहबाट सत्ताच्युत भएपछि अध्यक्ष ओलीले प्रधानमन्त्रीबाट राजीनामा दिएर नेपाली सेनाको ब्यारेकमा गएका थिए।

गत असोज २ गते मात्रै उनी ब्यारेकबाट फर्किएका हुन्। स्रोतका अनुसार उनी ब्यारेमै छँदा पार्टीका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले बैठक बोलाउन माग गरेका थिए। अध्यक्ष ओली निस्कन केही ढिलाइ हुने भएकाले बैठक बोलाएर परिस्थितिबारे छलफल गर्ने र धारणा बनाउने उनको जोड थियो।

तर ओलीले आफू नआइ बैठक नराख्ने बताएका थिए। गुण्डु डेरा सरेपछि पनि ओलीले बैठक राख्न आनाकानी गरेपछि नेताहरूले भेटेरै छलफलको माग गरेका थिए। यसबीचमा अध्यक्ष ओलीले सचिवालय तहकादेखि जनसंगठनसम्म नेता कार्यकर्तालाई निवासमै बोलाएर आफ्ना कुरा भन्ने, परिस्थितिबारे आफ्नो धारणा सुनाउने गरेका थिए। ती छलफलमा उनले आफू नेतृत्वको सरकार र देशविरूद्ध गम्भीर षड्यन्त्र भएको र त्यसको प्रतिवाद गर्नुपर्ने बताएका थिए।

नेताहरूले जानकारी दिएअनुसार सचिवालय तहका नेताहरूले ओलीलाई पद छाड्न भनिसकेका छन्। केही दिनअघि ओली भेट्न गुण्डु पुगेका सचिव योगेश भट्टराईले ओलीलाई ‘स्टेप डाउन’ (राजीनामा) गर्न भनेको एक सदस्यले बताए।
त्यस्तै सचिवालय सदस्य सुरेन्द्र पाण्डे, युवराज ज्ञवाली, सचिव गोकर्ण विष्टले पनि अध्यक्ष ओलीले पद छाड्नुपर्ने बताइसकेका छन्।

वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल पनि ‘अहिले नबोले कहिले बोल्ने?’ भन्दै अध्यक्ष ओलीमाथि दबाब बढाउने योजनामा छन्। नेताहरूका अनुसार उपाध्यक्ष विष्णु पौडेल, रामबहादुर थापा ‘बादल’ले पनि अध्यक्ष ओलीको नेतृत्वमा पार्टी अगाडि बढ्न नसक्ने निष्कर्षमा पुगिसकेका छन्। आजको बैठकमा मुखर ढंगले प्रस्तुत हुन्छन् कि हुँदैनन् भन्नेचाहिँ प्रतीक्षाकै विषय रहेको उनीहरूले बताएका छन्, सेतोपाटीमा खवर छ ।

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
Black Friday 2022
spot_img

ताजा खबर

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img