मङ्लबार, साउन १२, २०८३
Tuesday, July 28, 2026
मङ्लबार, साउन १२, २०८३
Tuesday, July 28, 2026

रुमलिएको फागुन २१: क्षितिजमा राष्ट्रिय संकटमोचन

गते

  • नीरव ज्वाला

पछिल्लो परिवर्तनको मूल संवाहक अहिलेको जेनेरेसन जेड अर्थात् बर्ष १३ देखि २८ सम्मका युवाहरु नै हुन्। मूलतः उनीहरू कुशासन, भ्रष्टाचार, सामाजिक सञ्जालमाथिको अंकुश, प्रत्यक्ष कार्यकारी राष्ट्रप्रमुखको माग र संविधान संशोधनजस्ता मुख्य मुद्दाहरुलाई लिएर आन्दोलनमा होमिएका थिए ।

उनीहरुकै आन्दोलनका बलमा सत्ता ढल्यो, देशले ठुलो क्षती ब्यहोर्यो । आजका दिनसम्म आइपुग्दा जेन्जी आन्दोलनका कारण ७६ जनाले शाहदत प्राप्त गरे, हजारौं घाइते अझै उपचाररत छन् भने खरबौको सार्वजनिक तथा निजी सम्पत्ति खरानी बन्न पुग्यो । त्यति मात्र नभएर राज्यका महत्त्वपूर्ण अंगमा रहेभएका धेरै उपयोगी स्याहाश्रेस्ता तथा कागजात जलाइए, नष्ट बनाइए ।

सरसर्ती हेर्ने हो भने यो दुई दिनको आन्दोलनले देशले थुप्रै कुरा गुमायो । मुख्यत: संसद भवन जल्यो, सिंह दरवार जल्यो, रास्ट्रपति भवन जल्यो । त्यतिमात्र कहाँ  हो र न्यायको धरोहर सर्बोच्च अदालत समेत आगोको लप्काबाट अछुत रहन सकेन ।

राज्य निरीह जस्तै रह्यो,  सुरक्षा निकाय निकम्मा जस्तै देखियो । देशैभर जनधन जोगाउन सकेन । नेताहरुले भागेर ज्यान गुमाउनु पर्यो । राज्यले यो तहको जनधन लगायत सबै गुमाउन पुग्दा पनि आन्दोलनले ओलीको सत्ता पतन र संघीय चुनावको मिति घोषणा बाहेक ठोस आजका मितिसम्म थप उपलब्धि केही गर्न सकेन ।

अन्तरिम सरकारले फागुन २१ मा घोषणा गरेको चुनावले पनि देशमा ब्याप्त निरासा चिर्न  सक्ने कुनै सम्भावना देखिदैन । उसो त वर्तमान संविधानका केही मुद्दाहरुमा दलहरु र जेन्जी समूह दुबै एकै ठाउमा उभिएको सहजै महसुस गर्न सकिन्छ ।

त्यसैले दलका परिवर्तनगामी युवाहरूले महसुस गर्न थालेको र जेनेरेसन जेडका अगुवाहरूले सार्वजनिक मंचहरुमा जोड दिइरहेका साझा सवालहरुमा राष्ट्रिय सहमति गर्न अब ढिलाइ गरिनु हुँदैन।

साच्चिकै संविधान संशोधन जस्ता मूल मुद्दामा आम युवा र राजनीतिक दलहरुका साझा चाहना अर्थात् मिलन बिन्दु भेटिन्छ भने त्यसै बिन्दुमा टेकेर बेलैमा सहमतिपूर्ण निकास खोज्न प्रयत्न गर्नु सान्दर्भिक हुनेछ।

ठूला दल—नेकपा एमाले र नेपाली कांग्रेस लगायतले यसअघि नै संविधान संशोधनको आवश्यकता स्वीकार्दै सातबुँदे सहमतिमा सरकार गठन गरेको इतिहास ताजै छ, भलै उनीहरुले सो अबधिमा  संसोधनका विषयमा कलमसम्म पनि चोबेनन् । तथापि आजका दिनमा पनि जेनेरेसन जेडका सार्वजनिक टिप्पणी संविधान संशोधन र प्रणालीगत सुधारमै केन्द्रित छन् ।

त्यसो भएको हुनाले राष्ट्रपतिको पहलमा सेना समेत रोहबर राख्दै बदलिन चाहेका प्रमुख राजनीतिक दल र जेनेरेसन जेड नेतृत्वबीच आपसी सहमतिमा संसद पुनःस्थापना गरौं  र फास्टट्र्याकमार्फत संविधान संशोधन गरेर प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको चुनाव मार्फत निकास दिने बिकल्पमा अघि बढ्ने बाटो सबैका खुल्ला गरौं ।

यसरी सहमतिमा अघि बढ्न सकियो भने  फागुन २१ को संघीय चुनाव कुर्नु पनि नपर्ने र संविधान संसोधनका लागि निर्वाचन पश्चातको दुई तिहाई  पनि कुर्नु नपर्ने तथा कम क्षति र साझा सहमतिमा उपयुक्त निकास पाउने अबस्था बिधमान छ । यति हुन सक्यो भने आम जन अपेक्षा अनुरुप देशले निकास पाउने मात्र होइन भोलिका दिनमा हुन सक्ने अझ ठूलो विनाशबाट समेत पार पाउन सक्ने देखिन्छ ।

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
Black Friday 2022
spot_img

ताजा खबर

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img