बिहिबार, चैत्र १२, २०८२
Thursday, March 26, 2026
बिहिबार, चैत्र १२, २०८२
Thursday, March 26, 2026

सरकार छोड्दै कुलमान घिसिङ, पार्टी एकताका लागि रास्वपासँग संवादमा

गते

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले सरकार छाड्ने तयारी गरेका छन् । घिसिङले आफू विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक हुँदा बोर्डमा सँगै रहेका पूर्वऊर्जा सचिव अनुपकुमार उपाध्यायलाई संयोजक बनाएर २५ कात्तिकमा दल दर्ता गरेका थिए ।

कैलालीका उपाध्यायलाई पार्टीको संयोजक बनाएर ५१ सदस्य कमिटी बनाई निर्वाचन आयोगमा दल दर्ता गरे पनि प्रमाणपत्र प्राप्त भएको छैन । तर, यस बीचमा विभिन्न दल, समूह र व्यक्तिसँग निरन्तर छलफलमा रहेका उक्त दलका नेताहरूले अब घिसिङले चाँडै सरकार छाड्ने जानकारी दिएका छन् ।

पार्टीका केन्द्रीय सदस्य सञ्जिव भट्टराईका अनुसार यस बीचमा धेरै व्यक्ति र केही दलकै शीर्ष नेताहरू पनि जोडिन खोजिरहेका छन् । तर, उनीहरू सबैले घिसिङले सरकार छाड्नुपर्ने शर्त राखेका छन् ।

भट्टराईका अनुसार अब केही समयमै घिसिङले सरकारको जिम्मेवारी छोडेर दलको नेतृत्वमा बस्नेछन् । ‘यो पार्टी कुलमानकै हो । उहाँले नै अध्यक्ष हो । अहिले प्राविधिक रूपले बस्न नमिलेर मात्रै हो,’ भट्टराईले शिलापत्रसँग भने, ‘उहाँसँगै पार्टीमा अवतरण हुने धेरै जना तयारी अवस्थामा हुनुहुन्छ । अब संवादमा रहेका दलका नेता, स्वतन्त्र व्यक्ति र केही अभियानमा जोडिएका साथीहरू उज्यालो नेपाल पार्टीमा समाहित हुनुहुन्छ ।’

उनले केन्द्रीय सदस्य ड. तारा जोशीको संयोजकत्वमा बढीमा पाँच सदस्य हुने गरी संवाद समितिको बनाएको जानकारी दिए । यसअघि विभिन्न अनौपचारिक संवाद भइरहे पनि तिनलाई मूर्तरूप दिन र घिसिङले नेतृत्व लिनेबित्तकै भटाभट पार्टीमा समायोजन गर्न यो संवाद समिति बनाइएको हो ।

यसका साथै पार्टीले तीन सदस्यीय उम्मेदवार छनोट समितिसमेत बनाएको छ, जसमा केन्द्रीय सदस्यहरू जीतमान तामाङ, सञ्जीव भट्टराई र कुसुम घिमिरे छन् । यो समितिले प्रतिनिधिसभाका प्रत्यक्ष र समानुपातिक सूचीमा समावेश हुने उम्मेदवारको छनोटको विधि बनाउनेछ । ‘हामीले प्रारम्भिक छनोटमार्फत वा सार्वजनिक छविका आधारमा उम्मेदवार बनाउने भन्नेबारे छलफल चलाइरहेका छौँ । केही दिनमा यसको पनि कार्यविधि टुंगिनेछ’, भट्टराईले भने ।

उनका अनुसार यो पार्टी मध्यमार्गी विचारधाराको पार्टी हो । स्वतन्त्र र वैकल्पिक विचार राख्ने व्यक्तिहरूलाई समेत समावेश गर्नुपर्ने भएको हुँदा फराकिलो विचार राख्नेहरूको थलोको रूपमा पार्टीलाई उभ्याउने सोच भएको उनले जानकारी दिए ।

भट्टराईका अनुसार संवाद समिति बन्नुपूर्व र बनिसके पश्चात् पनि विभिन्न राजनीतिक भेटघाट तीव्र भएको र पार्टीमा जोडिनेहरूको संख्या बढिरहेको बताए । उनले केही पार्टीमा सक्रिय रूपमा लागेका व्यक्तिहरू चाँडै जोडिने भन्दै वैकल्पिक राजनीतिको अभ्यास गरिरहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)सँग पनि पार्टी एकता वा सहकार्य के हुनसक्छ भनेर छलफल भइरहेको जानकारी दिए ।

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
Black Friday 2022
spot_img

ताजा खबर

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img