मङ्लबार, साउन १२, २०८३
Tuesday, July 28, 2026
मङ्लबार, साउन १२, २०८३
Tuesday, July 28, 2026

गगन थापा नेतृत्वको कांग्रेसलाई आधिकारिकता दिन निर्वाचन आयोगले लिएका यी ४ आधार

गते

निर्वाचन आयोगले नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगन थापा नेतृत्वको केन्द्रीय कार्यसमितिलाई आधिकारिकता दिन चार वटा आधार लिएको छ।

कांग्रेस विधानको दफा १७ (२) अनुसार विशेष महाधिवेशन बाध्यकारी व्यवस्था भएको र महाधिवेशन पार्टीको सर्वोच्च निकाय भएकाले त्यसले गठन गरेको केन्द्रीय समितिलाई अद्यावधिक गर्न उपयुक्त हुने ठहर गरेको आयोग स्रोतले बतायो।

स्रोतका अनुसार दुवै पक्षबाट बुझाइएको कागजातबाट पार्टीका ४० प्रतिशत महाधिवेशन प्रतिनिधले विशेष महाधिवेशन माग गरेको पुष्टि हुनुलाई पनि आयोगले आधारका रूपमा लिएको छ।

त्यस्तै, महाधिवेशन प्रतिनिधिहरूले हस्ताक्षर दर्ता गरेको ९० दिनभित्र विशेष महाधिवेशन गरिएकाले पनि वैधानिक भएको आयोगको ठहर छ।

पूर्व कार्यवाहक सभापति पूर्णबहादुर खड्का लगायतका पदाधिकारी शुक्रबार बिहान आयोग जानुले पनि निर्णय गर्न सहज भएको आयोग स्रोतले बतायो।

‘अर्को पक्षलाई सोध्ने कि नसोध्ने भन्ने दुबिधामा आयोग थियो। उहाँहरू आउनुभएपछि दुवै पक्षको कागजात पाइयो,’ स्रोतले भन्यो, ‘अर्को पक्षले पेस गरेको कागजबाट पनि ४० प्रतिशतले विशेष महाधिवेशनका लागि निवेदन दिएको पुष्टि भएपछि हामीलाई निर्णय गर्न सहज भयो।’

दुवै पक्षबाट पेस भएका विवरण अध्ययन गरी विशेष महाधिवेशनले निर्वाचित गरेको कार्यसमिति नै आधिकारिक हो र यही विवरण आयोगमा अद्यावधिक गर्ने निर्णय आयोगले गरेको हो।

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
Black Friday 2022
spot_img

ताजा खबर

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img