बुधबार, चैत्र ११, २०८२
Wednesday, March 25, 2026
बुधबार, चैत्र ११, २०८२
Wednesday, March 25, 2026

पूर्व जिविस सभापति गुरुङको स्मृतिमा विद्यालय र समाजलाई सहयोग हन्तान्तरण, पिपलटारीको विकासमा सधैं सँगै रहनेछु– रेखा गुरुङ

प्रदेशसभा सदस्य गुरुङलाई सम्मान, मृगौला पीडितलाई साहयोग हस्तान्तरण

गते

पर्वत । गण्डकी प्रदेश सभा सदस्य रेखा गुरुङले आफ्नो बुवा स्वर्गीय एमप्रसाद गुरुङको स्मृति दिवसको अवसर पारेर आइतबार कुश्माका सामुदायिक विद्यालयहरूमा सहयोग प्रदान गरेकी छन् ।
कुश्मा नगरपालिका–१० मा रहेका सबै सामुदायिक विद्यालय र सिकाई केन्द्र तथा पूर्णेश्वर भूतपूर्व विद्यार्थी समाजलाई उनले सो सहयोग उपलब्ध गराएकी हुन् ।
पूर्णेश्वर भूतपूर्व विद्यार्थी समाजको संयोजनमा भएको सहयोग हस्तान्तरण कार्यक्रममा प्रदेशसभा सदस्य गुरुङले ६ वटा विद्यालय र एउटा सिकाइ केन्द्रमा ५८ थान भित्तेघडी उपलब्ध गराएकी हुन् । उनले पूर्णेश्वर भूतपूर्व विद्यार्थी समाजको कार्यालय व्यवस्थापनका लागि समेत भौतिक सामग्रीहरू हस्तान्तरण गरेकी छन् । ५८ थान घडी मध्ये पूर्णेश्वर माध्यमिक विद्यालयमा २४, जनक माध्यमिक विद्यालयमा १५, सिद्देश्वर प्राथमिक विद्यालयमा ६, पिपलटारी प्राथमिक विद्यालयमा ५, लाँकुरी प्राथमिक विद्यालयमा ५, धौलागिरि बालविकास केन्द्रलाई २ र जनज्योति सिकाइ केन्द्रलाई १ थान भित्ते घडी प्रदान गरिएको हो ।
प्रदेशसभा सदस्य गुरुङले आफ्नो मन्तव्य राख्दै जिल्लाको एक मात्र इन्जिनियरिङङर्फको प्राविधिक शिक्षा प्रदान गर्दै आइरहेको पूर्णेश्वर माविमा स्व. पिताको स्मृति दिवस मनाउन पाउँदा खुसी व्यक्त गरिन् । उनले पिपलटारीको शैक्षिक लगायत अन्य विकासमा आफ्नो क्षेत्रबाट कुनै कसर बाँकी नराखी सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरिने । उनले भनिन्–‘विकासको शुरुवात शिक्षाक्षेत्रबाट हुन्छ । त्यसैले मेरो सानो सहयोग शिक्षा क्षेत्रमा नै गरेकी हुँ ।’ उनले आफू पिपलटारीको विकासमा सधैं सँगै रहने प्रतिवद्धता समेत व्यक्त गरिन् । उनले भनिन्–‘म हुनेखाने र सम्पन्न वर्ग भन्दा हुँदाखाने र दलित तथा विपन्न वर्गको बाहुल्यता भएको क्षेत्रमा यी र यस्ता कार्यक्रमहरु आयोजना होउन् भन्ने चाहन्छु ।’ उनले हरेक क्षेत्रमा राजनीति जोड्न आवश्यक नरहेको भन्दै सामाजिक क्षेत्र र विकास निर्माणका सवालमा सबै मिलेर हातेमालो गर्न आग्रह गरिन् ।
समाजका सल्लाहकार तथा राजनीतिक व्यक्तित्व शान्त पौडेलले अबको समय विकास र परिवर्तनको समय भएकोले सबै पक्ष मिलेर शैक्षिक विकास गर्नुपर्ने बताए । उनले शिक्षाक्षेत्रमा राजनीतिक गर्न नहुने भन्दै उनले सबै राजनीतिक दलमा उच्च नैतिकता र हार्दिकता रहनुपर्ने बताए । उनले स्वर्गीय गुरुङ राजनीतिज्ञहरुका लागि एक प्रेरणाको श्रोत रहेको उल्लेख गर्दै राजनीतिमा रुची गर्नेहरुले स्व. गुरुङको परिवारबाट सकारात्मक शिक्षा लिन सकिने बताए ।
उक्त कार्यक्रममा समाजका सल्लाहकार वडा अध्यक्ष रामचन्द्र सुबेदी, कुश्मा नगरपालिकाका पूर्व कार्यसमिति सदस्य देवेन्द्र बहादुर नेपाली, जनक माध्यमिक विद्यालयका प्रधानाध्यापक टेकनाथ अधिकारी, पूर्णेश्वर माध्यमिक विद्यालयका प्रधानाध्यापक नारायणप्रसाद अर्याल, पूर्णेश्वर भूतपूर्व विद्यार्थी समाजका पूर्व अध्यक्ष अरुण पौडेल, नेपाली काँग्रेसका क्षेत्र क सदस्य लोकनाथ अधिकारी, नेकपा एमालेका सचिव शोभाखर खनाल, नेकपा माओवादी केन्द्रका अध्यक्ष कृष्णप्रसाद सुवेदी (राजु), जनक मावि विव्यस सदस्य विष्णुहरि तिवारी लगायतले स्वर्गीय यमप्रसाद गुरुङङप्रति श्रद्धाञ्जली अर्पण गर्दै समाज र विद्यालयको वर्तमान अवस्था र समस्याका बारेमा धारणा राखेका थिए ।
समाजका अध्यक्ष राजु पौडेलको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा अध्यक्ष राजु पौडेलले स्व. गुरुङको सामाजिक तथा राजनीतिक जीवनबारे संक्षिप्त परिचय दिएका थिए भने उपाध्यक्ष विनय चापागाईँले स्वागत र सचिव सन्तोष पौडेलले कार्यक्रम संचालन गरेका थिए ।

साथै सोही अबसरमा प्रदेश सभा सदस्य रेखा गुरुङलाई  समाजको तर्फबाट सम्मान गरिएको थियो  भने कुश्मा १० निवासी मृगौलाका बिरामी गोबिन्द लामिछानेको परिवारलाई भुपु समाजले संकलन गरेको सहयोग रकम हस्तान्तरण गरिएको थियो ।
कार्यक्रममा स्व. गुरुङकी धर्मपत्नी रत्न कुमारी गुरुङ र छोरा हितमान गुरुङको पनि उपस्थित रहेको थियो । गुरुङ फलेवास नगरपालिका–९ का वडा अध्यक्ष पनि हुन् ।

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
Black Friday 2022
spot_img

ताजा खबर

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img