बुधबार, चैत्र ११, २०८२
Wednesday, March 25, 2026
बुधबार, चैत्र ११, २०८२
Wednesday, March 25, 2026

कांग्रेस र देउवाको नेतृत्वमा नै नयाँ सरकार

गते

काठमाडौं । मंसिर-४ मा सम्पन्न प्रदेश र प्रतिनिधिसभा निर्वाचनको मतपरिणाम अन्तिम चरणमा पुगेपछि सत्ता गठबन्धन सरकार गठनको कार्य सुरु भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालबीच छुट्टा छुट्टै छलफल भएको थियो ।

निर्वाचनको समग्रह परिणाम आएपछि सरकार गठनलाई तीव्रता दिने उनीहरुबीच सहमति भएको छ।  नयाँ सरकार गठनका बारेमा शक्तिकेन्द्रहरुले पनि चासो राख्न थालको छ भने भारतीय राजदूत नविन श्रीवास्तवले प्रधानमन्त्री देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरिसकेका छन्।

गठबन्धनको मुख्य घटक नेपाली कांग्रेस निर्वाचनमा सबैभन्दा ठूलो पार्टी भएकाले कांग्रेस नेतृत्वमै सरकार गठन हुने नेताहरुले बताउने गरेका छन् । तर शक्ति बाँडफाँटका विषयमा सहमति गर्दा सरकारको नेतृत्वमा फेरबदल पनि आउन सक्ने नेताहरुले बताएका छन्।

निर्वाचन अघि देउवा र प्रचण्डबीच आलोपालो प्रधानमन्त्री बन्ने भद्र सहमति भएको ,तर पहिला कसले नेतृत्व गर्ने भन्ने विषयमा सहमति भइसकेको छैन ।

नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले नयाँ सरकार गठनका विषयमा गठबन्धन दलका नेताहरुबीच छलफल सुरु भएको बताए । तर गठबन्धनको मुख्य घटक र निर्वाचनपछि सबैभन्दा ठूलो दल भएका हिसावले अब सरकार कांग्रेस नेतृत्वमा नै गठन हुनुपर्ने बताए।नयाँ नेतृत्वमा सरकार गठन हुँदा शेरबहादुर देउवा नै प्रधानमन्त्री बन्ने दाबी गरे।

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
Black Friday 2022
spot_img

ताजा खबर

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img