प्रतिनिधिसभा समानुपातिकतर्फ जारी मत गणनामा जनमत पार्टीले थ्रेसहोल्ड कटाएको छ। यो खबर लेख्दासम्म उसले ३ लाख २० हजार २ सय ४८ मत ल्याएको हो।
जनमत पार्टीले समानुपातिक मत ३ लाख २० हजार कटाएसँगै प्रत्यक्षतर्फ एक सिट जितेको ऊ राष्ट्रिय दल बन्ने पक्का भएको छ।
योसमेत राष्ट्रिय दल बन्ने पार्टीको संख्या ७ पुगेको छ।
यसअघि नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र जनता समाजवादी पार्टीले राष्ट्रिय दल बन्ने निश्चित गरिसकेका छन्।