बुधबार, चैत्र ११, २०८२
Wednesday, March 25, 2026
बुधबार, चैत्र ११, २०८२
Wednesday, March 25, 2026

मानिसको दिमागमा चिप जडान : यस्तो छ इतिहास, यस्ता छन् खतरा

गते

काठमाडौं । विश्वका सर्वाधिक धनी व्यक्ति एलन मस्कको कम्पनी न्युरालिंकले मानिसको मष्तिष्क मा इलेक्ट्रोनिक चिप लगाउने योजना बनाइरहेको छ । मानिसको दिमागमा चिप लगाउने कार्यले विभिन्न खालका रोगहरुलाई नियन्त्रण गर्न सकिने उसको दाबी छ ।

आगामी ६ महिनाभित्र यसको चिकित्सा परीक्षण गर्ने योजना मस्कको छ । तर यस्तो योजनाका बारेमा विभिन्न खालका विवाद उठ्न थालेका छन् । के मष्तिष्क मा चिप जडान गरेर मानिसलाई जम्बी बनाउन खोजिएको हो ? भन्ने प्रश्न गर्न थालिएको छ ।

अमेरिकाको निकै गोप्य तथा ससक्त रुपमा काम गर्ने डिफेन्स एडभान्स्ड रिसर्च प्रोजेक्ट एजेन्सीले यसको जिम्मा लियो । उक्त एजेन्सीले रिपेयर नामक एक परियोजना सुरु गर्यो । उक्त मष्तिष्क चिप परियोजनालाई अन्त्यन्तै गोप्य रुपबाट सुरु गरियो । तथापि पछि उक्त परियोजनाका बारेमा समाचार चुहियो, जसलाई सम्हाल्नका लागि अमेरिकी सरकार आफैले विज्ञप्ति निकालेर ढाकछोप गर्नुपर्यो । मष्तिष्क चिप परियोजनाको उद्देश्य केवल मानसिक समस्यासँग जुधिरहेका सैनिकहरुलाई सामान्य अवस्थामा ल्याउनु रहेको जिकिर उसको थियो।

खतरामाथि चर्चा

उक्त परियोजनाका बारेमा खुलासा भएसँगै मानिसहरुमा के चर्चा हुन थाल्यो भने मानिसको दिमागमा चिप जडान गर्ने भनेको मष्तिष्क मा रहेका सबै जानकारी, सबै अनुभव तथा सबै गोप्य कुराहरु निकालेर एक कम्प्युटर चिपमा हाल्नु जस्तै हो ।

वास्तवमा यदि चिपले मष्तिष्क मा नियन्त्रण गर्न सक्दछ भने त्यसले मानिसका सबै कुरा थाहा पाउन पनि सक्दछ । त्यसैले मष्तिष्क र चिपको उक्त मर्जर निकै खतरनाक हुनसक्दछ । तर त्यो चर्चाका बीच पनि अध्ययन चलिरह्यो । यद्यपि उक्त परियोजनाका विषयमा अन्य कुनैपनि ठोस जानकारीहरु अहिलेसम्म सार्वजनिक भएका छैनन् ।

समाचार अनुसार यो परियोजनामा २ सय २० जना कर्मचारीहरु एउटा भवनभित्र लगातार काम गरिरहेका छन् । यसको मुख्यालय भर्जिनियामा छ । अन्य २ हजार मानिसहरु करारमा राखिएको छ । यो प्रयोगशालामा काम गर्ने कनिष्ट वैज्ञानिक तथा विश्वविद्यालयका प्राध्यापकहरु छन् । यसका अन्य शाखाहरु पनि छन् जसले फरक फरक ढंगले निकै गोप्य रुपमा काम गर्दछन् ।

आर्मीलाई जम्बी बनाउने तयारी !

सन् २०१५ मा विज्ञान लेखिका एनी जेकबसनले द पेन्टागन्स ब्रेन नामक पुस्तक लेखिन् । उक्त पुस्तकमा उनले अमेरिकी सेनालाई जम्बी बनाउने तयारी कसरी गोप्य रुप्मा चलिरहेको छ भन्ने खुलासा गरिन् । उनका अनुसार कम्प्युटर चिपले मानसिक समस्यासँग जुधिरहेका सैनिकको उपचार हुन सक्दैन ।

उल्टै त्यसले सैनिकहरुलाई यस्तो मेसिनमा परिणत गर्दछ जो निरन्तर हप्तौँसम्म युद्ध गर्न सकून् । अनि ती सैनिकहरुमा कुनै दया पलाउने छैन र केवल कत्लेआम मच्चाउन सक्नेछन् । कठोर भन्दा कठोर तालिमले पनि सैनिकलाई कहीँ न कहीँ कमजोर बनाइदिन्छ । तर मष्तिष्कमा यस्तो चिप जोडेर सैनिकलाई बलियो मेसिन बनाउन सकिन्छ ।

चीनमाथि यस्तै आरोप

मष्तिष्क मा परिवर्तनको यो खतरा केवल अमेरिकामा मात्र होइन, अन्य देशहरुमा पनि हुने गरेका समाचार आउने गर्दछन् । जस अनुसार चीनले फरक स्तरमा काम गरिरहेको छ ।

दुई वर्ष अगाडि अमेरिकी नेसनल इन्टेलिजेन्सलले चीनमाथि आफ्ना सैनिकहरुहरुलाई क्रूर बनाउनका लागि उनीहरुको वंशाणु (जीन) मा परिवर्तन गरिरहेको आरोप लगाएको थियो । वंशाणु सम्पादन प्रविधिबाट चीनले सैनिकको जिनमा परिवर्तन गरिरहेको दाबी अमेरिकाको छ ।

के हो ब्रेन इन्टरफेस ?

ब्रेन इन्टरफेसलाई ब्रेन कम्प्युटर इन्टरफेस पनि भनिन्छ । यो एक प्रकारले मष्तिष्क र कम्प्युटरको मर्जिङ हो, जसले कुनै दुईवटा कम्पनीबीच मर्जिङ हुन्छ । यसबाट मष्तिष्क का न्युरोन र कम्प्युटर चिपले एक आपसमा सञ्चार गर्न सक्दछन् र निर्देशन आदानप्रदान गर्दछन् । यो प्रविधिको सुरुवात सत्तरीको दशकमै भएको मानिन्छ, जसलाई पछि अमेरिकी रक्षा मन्त्रालयले अघि बढाएको थियो ।

अहिले एलन मस्क यसमा सबैभन्दा अगाडि निस्किएका छन् । सन् २०२१ मा मस्कको कम्पनीले एउटा बाँदरको मष्तिष्कमा चिप हालेर उसलाई भिडियो गेमको पोख्त खेलाडी बनाएको थियो ।

मानव मष्तिष्कका सबै डाटा कम्प्युटरमा !

मानिसको मष्तिष्क मा कम्प्युटर चिप जडान गर्ने एलन मस्कको कम्पनी न्युरालिंकको परियोजनाका विषयमा केही तथ्य सार्वजनिक भैसकेका छन् । जस अनुसार मानिसको मष्तिष्क मा प्रत्यारोपण गरिने चिप एउटा सानो सिक्का आकारको हुनेछ ।

चिपबाट स साना तार निस्किएका हुनेछन् जो हाम्रो कपालभन्दा २० गुणा सुक्ष्म हुनेछन् । त्यसमा हजार भन्दा धेरै इलेक्ट्रोड हुनेछन् जसले मष्तिष्क को क्रियाकलापलाई हेर्ने र त्यसलाई काम गर्नका लागि उत्प्रेरित गर्नेछ । मष्तिष्क का ती सबै डाटा कम्प्युटरमा जानेछन् र त्यसमाथि वैज्ञानिकहरुले अध्ययन गर्नेछन् ।

ब्रेन चिप प्रविधिका विभिन्न फाइदाका बीच यसका खतरा पनि उत्तिकै छन् । यो क्षेत्रमा विभिन्न निजी कम्पनी तथा स्टार्टअप हरुले समेत काम गर्न थालेपछि खतरा झनै बढेको छ । यो प्रविधिबाट कुनैपनि मानिसको स्मरणको कुनै खास हिस्सा डिलिट गरेर उसलाई आफ्नो फाइदाका लागि प्रयोग गर्न सकिने खतरा हुन्छ ।

यद्यपि यसको दोश्रो पक्ष पनि छ । यदि कसैको स्मरणशक्ति गुम्यो भने मष्तिष्क मा चिप जडान गरी स्मरणशक्तिलाई पुनर्जिवित गर्न सकिन्छ । अहिले यो क्षेत्रमा आफ्नो अनुसन्धानका बारेमा चर्चा गर्ने हरेक कम्पनीले यहीँ फाइदाको मात्र कुरा गरिरहेका हुन्छन् । एजेन्सीको सहयोगमा अनलाइनखवरबाट 

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
Black Friday 2022
spot_img

ताजा खबर

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img