२४ मंसिर, काठमाडौं । समानुपातिक सांसदको टुंगो लगाउन भदनेकपा एमालेको सचिवालय बैठक सुरु भएको छ।
नेकपा एमालेले आजको बैठकबाट समानुपातिकतर्फको ३४ सांसदको टुंगो लगाउँदै जनाउँदै सचिवालय बैठक पार्टी कार्यालय च्यासलमा बसेको हो।

एमालेले प्रत्यक्षमा ४४ सीट जितेको थियो।
समानुपातिक सांसदको टुंगो लगाएर आज ४ बजे अघि नै निर्वाचन आयोगमा बुझाउनुपर्ने भएकाले एमाले छलफलमा जुटेका हो । अन्य दलहरु समेत समानुपातिक सांसदको टुंगो चटारो देखिएको छ ।



















