२४ मंसिर, पर्वत । नेकपा एमालेका क्रियाशिल सदस्य कुश्मा नगरपालिका वडा न २ खुर्कोट निवासी चन्द्रबहादुर रेग्मीको स्मृतिमा श्रद्धाञ्जली सभा सम्पन्न भएको छ । नेकपा एमाले वडा कमिटिले आयोजना गरेको श्रद्धाञ्जली सभामा एमाले केन्द्रिय सदस्य पदम गिरीले मृतक प्रति श्रद्धाञ्जली ब्यक्त गरेका छन् ।
प्रतिनिधि सभाका सांसद समेत रहेका गिरीले मृतक रेग्मी प्रति श्रद्धाञ्जली ब्यक्त गर्दै परिवार प्रति समवेदना ब्यक्त गरेका थिए । रेग्मीको निधनले समाजमा अपूरणीय क्षति पुगेको गिरीले श्रद्धाञ्जली सभा कार्यक्रममा बताएका थिए । रेग्मी सामाजिक अभियान्ताको रुपमा विगत लामो समय देखि गाउँमा सक्रिय रहेका थिए । उनी एमालेको सक्रिय राजनीतिसंगै गाउँका सवै जसो विकास निर्माणका कामहरुमा सक्रिय थिए ।
ह्दयरोगबाट पिडित रेग्मीको अचानक मृत्यु भएको हो । एमाले वडा कमिटिले आयोजना गरेको श्रद्धाञ्जली सभाको सञ्चालन वडा कमिटि सचिव गणेश पौडेलले गरेका थिए भने अध्यक्षतामा वडा कमिटि अध्यक्ष बुद्धि सुवेदीले गरेका थिए ।



















